प्रचण्ड देशकै अभिभावक : देव गुरुङ


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले पार्टी र देशकै अभिभावकको रुपमा रहेकोले पार्टीमा पुरानो नेतृत्वलाई नै निरन्तरता दिएको बताएका छन्। पार्टी र देशकै अभिभावक भएकोले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई नै पार्टी नेतृत्वको जिम्मेवारी दिएको उनले बताए।

उनले पार्टीमा अन्य पदाधिकारीहरू कस्तो बनाउने भन्ने कुरा पार्टी अध्यक्ष र पार्टी कमिटीको भएकाले सक्षम व्यक्तिहरूलाई चयन गरेर नेतृत्व दिनुपर्ने बताए। उनले पार्टीमा अन्य पदाधिकारीहरू कस्तो बनाउने भन्ने कुरा पार्टी अध्यक्ष र पार्टी कमिटीको भएकोले सक्षम व्यक्तिहरूलाई चयन गरेर नेतृत्व दिनुपर्नेमा जोड दिए।

उनले भने, ‘अन्य लिडरशीपहरूको टिम बनाउने सन्दर्भमा पनि सामूहिक अभिव्यक्तिको केन्द्रिकृत अभिव्यक्ति अध्यक्षबाट नै हुने भएकोले उहाँले नै टिम बनाउनुहुनेछ।’

नेता गुरुङले आउँदो पुस २५ गते बस्ने पार्टी कमिटीको बैठकले पदाधिकारीहरूको बारेमा टुंगो लगाउने जानकारी दिए। उनले पदाधिकारी चयनको विषयमा केही गृहकार्य बाँकी रहेकोले सबैको राय, परामर्श, सुझाव लिएर अगाडि बढ्नुपर्ने बताए।

नेता गुरुङले वर्षमान पुन (अनन्त) र जनार्दन शर्मा (प्रभाकर) को महासचिवमा दाबेदारी आइरहेकोले सहमतिमा लैजाने प्रयास भइरहेको नेता गुरुङले बताए। दुईबीच सहमति हुन नसके पार्टीका वरिष्ठ नेताहरूमध्ये तेस्रो सहमतिको उम्मेदवार खोज्नुपर्ने सहमतिमा जाने उनले जानकारी गराए।

तपाईको प्रतिक्रिया