माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध

काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । आठौं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्ष चुनेको हो ।

बैठकमा नारायणकाजी श्रेष्ठले प्रचण्डको नाम प्रस्ताव गरेका थिए भने कृष्णबहादुर महराले समर्थन गरेका छन् । अरु कसैको उम्मेदवारी नपरेको भन्दै जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

तपाईको प्रतिक्रिया