मन्त्रीको हैसियतमा सलामी ग्रहण गर्दा अन्यथा लिन हुँदैन : मन्त्री झाँक्री

काठमाडौं । सहरी विकास मन्त्री तथा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमार झाँक्रीले ग्रहण गरेको सलामीको तस्वीर यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । आइतबार गुल्मी जिल्लाको भ्रमणका क्रममा इलाका प्रहरी कार्यालय पुर्कोट दहमा सलामी ग्रहण गरेको तस्वीर भाइरल भएको हो ।

मन्त्री झाँक्रीले मन्त्रीको हैसियतमा सलामी ग्रहण गर्दा यसलाई अन्यथा लिन नहुने बताएकी छन्। मन्त्री झाँक्रीले दैनिक रुपमा स्थानीय तह अन्तर्गत हुने कार्यक्रममा पिर्के सलामी खान नहुने तर औपचारिक कार्यक्रममा यस्तो व्यवस्थालाई अन्यथा लिन नहुने बताएकी थिइन् ।

उनले दुई वर्षअघि स्थानीय तहका प्रतिनिधिले लिँदै गरेको सलामीको चर्को आलोचना सामाजिक सञ्जालमार्फत नै गरेकी थिइन्।

“यो पिर्का त पहिलो, दोस्रो र तेस्रोलाई सम्मानस्वरुप पदक दिन उभ्याउने हो क्यारे,” ५ जुलाई २०१९ मा झाँक्रीले गरेको ट्विट हो यो।

pirke salami pic
त्यसलगत्तै उनले कुर्सीमाथि चढेर सलामी लिँदै गरेको तस्बिर राखेर लेखेकी छन् टेबल सलामी, पिर्के सलामीपछि कुर्ची सलामी ।”

अहिले झाँक्रीले त्यसबेला गरेको टिप्पणीलाई सामाजिक सञ्जालमा भाइरल गराइएको छ। मन्त्री झाँक्रीका आलोचकहरुले कडा आलोचना गरेका छन्।

तपाईको प्रतिक्रिया