प्रतितोलामा सातसय बढ्यो सुनको भाउ

काठमाडौं । साताको पहिलो दिन अर्थात् आइतबार सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर ९३ हजार ४०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, शुक्रबार छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १२ सय ७० रुपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया