कानुन मन्त्रालयले शैलेन्द्र   शक्ति र हरिजन समूहलाई सम्मान गर्दै


काठमाडौं । संसदीय मामिला तथा कानुन मन्त्रालयले पहिलोपटक मानव अधिकार पुरस्कार वितरण गर्दै छ ।

व्यक्तितर्फ शुद्धोधन गाउँपालिका–६ कपिलवस्तुका अधिवक्ता शैलेन्द्र प्रसाद हरिजन र संस्थातर्फ काठमाडौंको शक्ति समूहलाई आज पुरस्कार वितरण गर्न लागिएको हो । सरकारको तर्फबाट मानव अधिकार पुरस्कार प्रदान गर्न लागिएको यो पहिलो पटक हो ।

आज दिउँसो दुई बजे नेपाल पर्यटन बोर्डको सभा हलमा औपचारिक समारोह आयोजना गरेर प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट पुरस्कार वितरण गर्न लागिएको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ ।

पुरस्कारको राशी एक लाख ११ हजार एक सय ११ रुपैयाँ र प्रमाणपत्र छ ।

मानव अधिकार पुरस्कार वितरण कार्यविधि २०७८मा लेखिएअनुसार मानव अधिकारको संरक्षण र संवद्र्धनको क्षेत्रमा योगदान पुर्याएको एक व्यक्ति र एक संस्थालाई हरेक वर्ष मानव अधिकार पुरस्कारबाट सम्मान गरिन्छ । पुरस्कारको घोषणा हरेक वर्ष डिसेम्बर १० तारिखको दिन गरिन्छ ।

एकपटक पुरस्कार पाएको व्यक्ति वा संस्था कम्तिमा पाँच वर्ष पूरा नभइ पुनः पुरस्कार छनोट प्रक्रियामा समावेश हुन पाउने छैन

तपाईको प्रतिक्रिया