
जाजरकोट । जाजरकोट भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती सहित १४ जना जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटले उनीहरुलाई गैरीखाली बाट शनिबार राती २ बजे पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा अधिकृत घर्ती सहित नेपाली कांग्रेस भेरी नगरपालिकाका सभापति सशी बुढा रहेका छन् ।
सभापति बुढा वडाध्यक्ष समेत हुन् । पक्राउ पर्नेहरुको विवरण केही समयपछि सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएस्पी मधुकुमार थापाले जानकारी दिए । उक्त घटनाको विषयमा विस्तृत अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । उनीहरूको साथबाट २ लाख नगद पनि बरामद भएको छ।’ उनीहरूले जुवा खेल्दा मोबाइल बैंकिङको प्रयोग गरेकोले अन्य रकम पनि हारजित भएको हुनसक्ने प्रहरी अनुमान छ।
















































। १८ पुष २०७८, आईतवार