स्थानीयको भरोसा बटुल्दै जगदुल्ला जलविद्युत आयोजना

No description available.
हेमन्त केसी
जाजरकोट । स्वदेशी लगानीमा निर्माण हुन लागेको अर्धजलाशययूक्त जगदुल्ला जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन देखि निर्माण चरणको गतीतिव्र देखिएको छ ।
जटिल भू –बनोट तथा सडक सञ्जालसँग नजोडिएको आयोजना भएपनि कामको गती व्यापक भएको सर्बसाधारणले बताएका छन् ।

आयोजनाको सार्वजानिक सुनुवाइको क्रम्मा स्थानीयवासीले कामगर्ने तरिका राम्रो भएको भन्दै डोल्पा मात्र नभइ कर्णालीकै भविश्यसँग जोडिएको आयोजना भएकाले राज्यले बढी ध्यान दिनुपर्ने बताएका थिए । सञ्चार देखि अन्य कुनै पनि माध्यम बाट सहज नभएको ठाउँका आयोजनाको निमित्त प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाको कुशल नेतृत्वकै कारण सबै कामगर्न सहजभएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताउनुभयो ।

शाहीले भन्नुभयो , ‘सर्वसाधारण , स्थानीय सरकार देखि आयोजनाका प्रमख सापकोटा सरको कुशल नेतृत्वभएकै कारण जगदुल्ला जलविद्युत आयोजना ( १०६ मेगावाट) काम भारी गतिमा विकास भएको छ ।’ मुआव्जा वितरण देखि स्थानीयबासीसँगको सहकार्य साचिक्कै लोभ लाग्दो भएको अध्यक्ष शाहीले थप्नुभयो ।

जगदुल्ला हाइडा«ेपावर कम्पनी सँगै काम थालिएका आयोजनाको हालत निकै खराव भएको आफूसँग जानकारी आएको भन्दै अध्यक्ष शाहीले भन्नुभयो , ‘ हामी डोल्पाली भाग्यमानी नै हो , किनभने यति कडा र जटिल ठाउँमा पनि सजिलै काम भएको छ । कुनै बाधा , अडचन सम्म आएको छैन । आफ्नो घर जतीको हेरचाह गरेर कामगर्ने नेतृत्व पाउनु यो कम्पनीको सबै भन्दा ठुलो उपलव्धि हो ।’

मुड्केचुला गाउँपालिका –४ इलमा विद्युत उत्पादन गृह निर्माण हुने छ भने , जगदुल्लागाउँपालिका –१ हुरिकोटमामुख्य ड्याम रहने छ । यही आयोजना सँग निर्माण गर्ने भनिएको नलगाड जलविद्युत आयोजना ( ४१७ मेगावाट) को डिपिआर समेत सम्पन्न हुन सकेको छैन । ३१ महिना भित्र डिपिआर सकिने सहमती भएपनि झण्डै ६७ महिना सम्मा सम्पन्न नहुदा समस्य हुँदै आएको छ । डिपिआर सम्पन्न गर्नका लागि चार पटक सम्म म्याद नै थपिएको छ तर अहिले सम्मा प्रगती शुन्य रहेको छ । नेपालको पानी जनताको लगानी अन्तरर्गत आयोजनाले विद्युत उत्पादन गर्ने छ । २० अरब लगानीमा निर्माण हुन लागेको यो आयोजना दैनिक १ करोड २० लाख आम्दानी गर्ने अपेक्षा लिइएको छ । राज्यलाइ बाषिक २९ करोड आयोजनाले राजश्व उपलब्ध गराउने लक्ष्य रहेको छ ।
यसरी बन्दै छ आयोजना
उज्यालो नेपाल अभियान मार्फत राज्यलाई आत्मनिर्भर समुन्नत र समृद्ध बनाउन तथा मूलुकको ऊर्जा विकासमा टेवा पु¥याउनविधिवत रुपमा कम्पनि एन अनुसार २०७४ जेठ १६ गते यस कम्पनीको स्थापनागरिएको थियो ।

कम्पनीले छोटो समयमा आयोजनाको विस्तृत अध्ययन प्रतिबेदन प्राप्तगरि वातावरणीय प्रभाव मुल्यांकन कार्य अन्तर्गत सार्बजनिक सुनुवाई समेत गरिसकेको छ. । आयोजनाको विद्युतगृह स्थल इलमा थप भौगर्भिक अध्ययन कार्यको लागि निर्माण गरिरहेको टेष्ट अडिट टनेलको समेत प्रगति ८० प्रतिशत सम्पन्न गरिसकेको बताएको छ । कुल ४०० मिटर लम्वाइ रहेको नमुना परीक्षण सुरुङमा ३२० मिटर खन्ने काम सम्पन्नभएकोे छ । अस्थायी कार्यालय तथा आबास भवनको निर्माण कम समेत सम्पन्न गरिसकेको छ ।

जटिल भुगोल र हेलिकोप्टरबाट लिइएका सामग्रीबाट त्यहाँको नमुना परीक्षण हुने गरेको छ । आयोजनाका लागि आवश्यक पर्ने २६० रोपनी जग्गा अधिग्रहण र मुआव्जाको काम अघिल्लो वर्ष नै भइसकेको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम समेत सम्पन्न अघिल्लो वर्ष सम्पन्न भइसकेको छ । आयोजनाले उत्पादित बिद्युत बिक्रीको लागि गरिने बिद्युत खरिद बिक्रि सम्झौता नेपाल बिद्युत प्राधिकरण संग तथा वित्त ब्यबस्थापनको लागि बिभिन्न बैक तथा वित्तीय संस्थाहरु संग छलफल तथा प्रस्तुतीकरण गरि सम्झौताको अन्तिम चरणमा रहेकोले अर्को आर्थिक वर्ष मुख्य कार्यको निर्माण शुरु गर्ने लक्क्ष रहेको निमित्त कार्यकारी प्रमुख सापकोटाले बताउनुभयो ।

आयोजनाको पहुँच मार्ग जाजरकोट–डोल्पा सडक त्रिवेणीबाट करिव ४५ किलोमिटर सहायक सडक निर्माण गरि आयोजना स्थल मुड्केचुला र जगदुल्ला सडक खण्ड निर्माण गनुुैपर्ने बाध्यता छ । डोल्पा स्थित प्रदेश सरकार मत्ताहात रहेको भौतिक पूर्वाधार कार्यालय तथा स्थानीय पालिकासँग कम्पनीले सहकार्य गरि करिब ३० किलोमिटर ट्रयाक खोल्ने कार्य सम्पन्न गरिसकेको र अहिले निर्माण गरिरहेको सडक पूर्वाधारको काममा उल्लेख्य प्रगती गरेको छ ।

प्रदेशसभा सदस्य बीरबहादुर शाहीले आयोजनाको काम सन्तोषजनक भएको भन्दै थप प्रगती गर्नका लागि अहिले टिमलाइ पूर्ण जिम्मेवारी दिइ कामलाइ गती दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो , ‘हाम्रो जिल्लाको गौरव , महत्वसँग मात्र नभइ कर्णालीकै भविश्यसँग जोडिएको यो आयोजना निर्माणका लागि सबैले सहयोग गरि मौजदात भएका कर्मचारीलाइ सहयोग गरि बाधा अडचन भए फुकाएर भए पनि काम गर्नुपर्छ ।’

यो आयोजनाबाट उत्पादन गरिएको विद्युतलाइ रुकुम पश्चिमको बाँफिकोटमा नेपाल बिद्युत प्राधिकरणको निर्माणाधीन सव स्टेशनमा ल्याएर जोडिने छ । जगदुल्ला जलविद्युत आयोजनाले वातावरणीय अध्ययनको काम अन्तिम चरणमा पुगेसँगै मुख्य परामर्शदाता, मुख्य ठेकेदार छनौटको बोलपत्र सम्बन्धि कागजात तयारी गरिरहेकोले यथासिघ्र बोलपत्र आह्वान गरी मुख्य परामर्शदाता तथा ठेकेदार छनोट प्रक्रिया यो आर्थिक वर्षमा अगाडी बढाइ आउँदो आर्थिक वर्ष देखि निर्माण कार्य सुरु गर्ने आयोजनाको दावी छ। कर्णाली प्रदेशको सामरिक महत्वका रुपमा यसलाइ हेरिएको छ ।

आयोजना निर्माणको लागत घट्यो
आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार आयोजनानिर्माणको कुललागत २० अर्ब अर्ब लाग्ने अनुमान गरिएको हो । तर, यस अघि २३ अर्ब लागत अनुमान गरिएको आयोजना निर्मित कार्यकारी प्रमुखसापकोटाले जानकारी दिनुभयो  । करिब ६ दशमलव १ किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित ३ सय मिटरभित्र रहेको विद्युत् उत्पादन गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । कुल ३ सय ७ मेगावाट विद्युत् उत्पादनगर्ने लक्ष्यका साथ काम थालिएको भएपनि भौगोलिक विकटताका कारण १ सय ६ मेगावाट मात्रविद्युत् उत्पादन गर्न सकिने आयोजनाले जानकारी दिएको छ ।
जगदुल्ला गाउँपालिका–१,हुरिकोटमा २३ मिटर उचाइको जलाशययुक्त ड्याम निर्माण हुनेछ । ६ घन्टा पानी थुनेर आयोजना सञ्चालन गरिने छ । आयोजना निर्माणका लागि १० प्रतिशत सेयर स्थानीयवासीले पाउनेछन् ।
आयोजना निर्माणका लागि आवश्यक विद्युतका निम्ति इलस्थित फेदीखोलाबाट २ मेगावाट र काइगाउँस्थित स्थानीयखोलाबाट २ मेगावाट विद्युत् उत्पादन गर्न सम्भाव्यता अध्ययनको काम सुरु गर्न लागिएको छ । आयोजना निर्माणस्थलमा घर नभएका कारण आयोजना निर्माणका लागि समस्या नभएको प्रमुख सञ्जय सापकोटाले जानकारी दिनुभयो ।

जाजरकोटको ताँसुगाडमा ५ मेगावाट विद्युत उत्पादन गर्ने भनि काम सुरु भएपनि त्यो आयोजनाको गती कम्जोर देखिए पछि जगदुल्ला जलविद्युत आयोजनाले जगदुल्लाको फेदी र काइगाउँको स्थानीय खोलामा सम्भाव्यता अध्ययन गरिरहेको छ । उसो त ३३ केभी प्रशारण लाइनको ११ केभी प्रशारणको सव स्टेशन जाजरकोटको चौखामा निर्माण कार्य जारी रहेको छ । यस ठाउँबाट विद्युत लिनको लागि पनि प्रयास जारी रहेको छ ।

त्यस्तै, ३ करोड लागतमा जगदुल्लाबाट मुड्केचुलाको सर्मीसम्म सडकको काम सुरु भएपनि निर्माण व्यवसायीको ढिला सुस्तीका कारण तोकिएको समयमा सम्पन्न हुन मुस्किल देखिएको छ । काइगाउँबाट मुड्केचुला सम्म जोड्ने सडकको काम ५ करोड रुपैयाँमा सुरु गरिएको प्रदेश सभा सदस्य वीरबहादुर शाहीले जानकारी दिनुभयो ।

त्रिवेणी देखि आयोजनाको बाधस्थल हुरिकोट सम्म जानका लागि आवश्यक सबै पुल आयोजनाले नै निर्माण गर्ने र सडकको स्तरउन्नती समेत आयोजनाले नै गर्ने निर्मित कार्यकारी प्रमुख सापकोटाले बताउनुभयो । यहीभित्र १० वटा बेलिब्रिनज आयोजनाले बनाउनु पर्ने भएको छ ।

त्यस्तै, त्रिवेणीमा पुल निर्माणका लागि आयोजनाले बोलपत्र आवह्वान गरि निर्माण व्यवसायी सँग सम्झौता समेत भइ डिजाइनको काम सकेर वातारणीय प्रभावको काम भइरहेको छ । अबको दुइवर्ष भित्र सो पुल निर्माण कार्य सम्पन्न हुनेछ ।निर्मित प्रमुख सापकोटाकै पहलमा जाजरकोट – डोल्पा सडक खण्डको जाजरकोट रुकुमपश्चिमको बीचमा पर्ने भेरी नदीको पुलको बोलपत्र आवह्वान भएर केही दिनबाटै काम सुरु हुन लागेको छ ।

यो पुल सडक डिभिजन चौरजहारीले ठेक्काखोलेको थियो । यो पुलनिर्माण नभए सम्म त्रिबेणीमा रहेको भेरी नदीको पुलको काम गर्न गर्न मुस्किल पर्ने छ । मुख्य निर्माण सामग्री लिनका लागि यही बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । यही सडक भित्र नै भेरी ए र बीको समेत सम्भाव्यता अध्ययन जारी रहेको छ ।

तपाईको प्रतिक्रिया