माओवादी केन्द्रको महाधिवेशन प्रतिनिधीमा खड्का


जाजरकोट । नेकपा ( माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनमा २४ बर्षको उमेरमा महाधिवेशन प्रतिनिधी जाजरकोट बाट ज्ञानु खड्का बनेका छन् ।

काठमाडौमा चलिरहेको महाधिवेशनमा सहिद सन्तति परिवारको तर्फ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधी बनेका हुन् ।

उनी अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य समेत बनिसकेका छन् । जाजरकोटका विद्यार्थीहरुका आशा र भरोसाको केन्द्रविन्दु समेत खड्का बनेका छन् ।

तपाईको प्रतिक्रिया