नवराज विक सहित पाँच जनाको सम्झनामा स्मृति गेट निर्माण गरिने

No description available.
खलंगा । नेकपा (विप्लव) निकट श्रमिक समुदाय मोर्चा नेपाल कर्णाली प्रदेश समितिले नवराज विक सहित पाँच जनाको रुकुम पश्चिममा स्मृति गेट निर्माण गर्ने निर्णय गरेको छ । श्रमिक समुदाय मोर्चा नेपाल कर्णाली प्रदेश संयोजक धबिन्द्र विकको अध्यक्षतामा आईतबार बसेकोे कर्णाली प्रदेश प्रथम पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।

सोही बैठकबाट पार्टीको समर्थनमा रहेका घरवारविहिन तीन परिवारलाई घर बनाईदिने निर्णय समेत गरेको मोर्चाका कर्णाली प्रदेश समितिका अध्यक्ष धबिन्द्र विकले बताए । उनका अनुसार मोर्चाले विभेद गर्ने विरुद्ध प्रतिरोध संघर्ष गर्ने, संगठन सुदृढ तथा विस्तार गर्ने, उत्पादन कार्यलाई व्यवस्थित गर्ने, सामाजिक अन्तर्घुलन अभियान संचालन गर्ने एवं विभेद मुक्त नमुना गाउँ निर्माण गर्ने लगायतका महत्त्वपूर्ण निर्णय गर्दै श्रमिक समुदाय मोर्चा नेपाल कर्णाली प्रदेशको प्रथम पूर्ण बैठक आईतबार बिरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको थियो ।

बैठकमा श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय समितिका अध्यक्ष रामलाल विश्वकर्म, पार्टीका केन्द्रीय सदस्य एवंम सुर्खेत जिल्ला ईन्चार्ज एटम, मोर्चाका केन्द्रीय समितिका सचिव उमेश सिके, पार्टी सुर्खेत जिल्ला सचिव ध्रुव लगायतको उपस्थितिमा रहेको मोर्चाको प्रदेश समितीले जनाएको छ ।

तपाईको प्रतिक्रिया