
युएईमा जारी यू-१९ एसियाकप क्रिकेटमा नेपाल श्रीलंकासँग ६० रनले पराजित भएको छ।
श्रीलंकाले दिएको ३ सय २३ रनको उच्च लक्ष्य पछ्याएको नेपाल २ सय ६२ रनमा समेटियो।
सारजाह क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय २२ रन बनाएको थियो।
श्रीलंकालाई उच्च योगफलमा बटुल्ने क्रममा सदेक्षा राजपाक्षले १ सय १९ बलमा ११ चौका र २ छक्काको सहयोगमा १ सय ३१ तथा ओपनर चामेन्दु विकारासिंगेले १ सय २६ बलमा ८ चौका र २ छक्काको सहयोगमा १ सय ११ रनको शतकीय इनिङ खेले।
कप्तान डिमुट वेलावेज ३४ रनमा नटआउट रहे। नेपालका लागि मोहमद आदिल आलमले २ विकेट लिँदा देव खनाल र विवेक यादवले समान १/१ विकेट लिए।
३ सय २३ रनको लक्ष्य पछ्याएको नेपाल ४७ दशमलव ५ ओभरमा अलआउट हुँदै २ सय ६२ रनमा समेटियो।
नेपालका लागि अर्जुन साउदले सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेले।
त्यस्तै विवेक यादवले ४६ रन बनाए भने सन्तोष कार्कीले ३४ रन तथा कप्तान डेव खनालले २८ रन बनाएका थिए।
दुवैले पहिलो विकेटका लागि ५९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए।
श्रीलंकाका लागि मथेसा पथिरना र रभिन डी सिल्भाले समान ३/३ विकेट लिएका थिए।
















































। ११ पुष २०७८, आईतवार