ओली र प्रचण्ड प्रतिक्रियावादी दलाल हुन् : माेहन वैद्य


काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीलाई प्रतिक्रियावादी दलालको संज्ञा दिएका छन् । माओ दिवसको अवसरमा महासचिव वैद्यले प्रचण्ड र ओलीलाई प्रतिक्रियावादका दलालको संज्ञा दिएका हुन् ।

उनले कम्युनिष्ट पार्टीको स्थापना भएयता थुप्रै संघर्षहरु भए पनि सुरुमा भएका क्रान्तिकारीहरु पछि गएर बिग्रिएको बताए । उनले यस्ता घटनाहरुको व्याख्या नगरी अघि बढ्न नसकिने भन्दै अहिले नेपालमा सच्चा कम्युनिष्ट को हो भन्ने प्रश्न खडा भएको बताए ।

उनले दक्षिणपन्थीको नेतृत्व गर्नेहरुले नै अहिलेको ठूलो खतरा दक्षिणपन्थी अवसरवाद भनिरहेको बताए । उनले अहिले प्रचण्ड आफूलाई क्रान्तिकारी भनिरहेको भन्दै प्रचण्डले माओवाद पहिले नै छोडिसकेको पनि दाबी गरे।

उनले भने, ‘प्रचण्डले माओवाद त उहिले छोडिसके, अहिले सबै वाद झुन्ड्याएका छन् । प्रचण्ड के भन्छन् भन्दा यो संविधानको रक्षा गर्ने हामी हौं, प्रतिगमनका विरुद्ध जाने हामी हौं भनेर कुर्लेका छन् । यो संविधानको रक्षा गरे त, त्यही हो प्रतिगमन, त्यही हो प्रतिक्रान्तिकारी, ओलीहरु, प्रचण्डहरु दक्षिणपन्थी मात्रै होइनन्, दक्षिणपन्थीभन्दा कम से कम कित्ताको कुरा आउँछ, यिनीहरु त प्रतिक्रियावादका दलाल हुन् ।’

तपाईको प्रतिक्रिया