काठले च्यापिएर बारेकोटमा एक जनाको मृत्यू

                                           फाइल तस्विर
बारेकोट । जिल्लाको बारेकोट गाउँपालिकामा काठले च्यापिएर एक जनाको मृत्यू भएको छ । बारेकोट गाउँपालिका १ धौलाकोटका अन्दाजी ३६ बर्षिय कृष्णबहादुर खड्काको काठले च्यापिएर मृत्यू भएको स्थानीय रमेश घर्तीले जानकारी दिए ।

हिजो ( शनिवार) वेलुका जंगलमा काठ काट्ने क्रममा वडा नं ९ सक्लामा च्यापिएर मृत्यु भएको घर्तीले बताए ।

तपाईको प्रतिक्रिया