कविता : तिमी छौँ र पो ?

No description available.
हेमन्त केसी
विहान जुरुक्क उठ्छु तिमीलाइ नै सम्झन्छु ।
किनकी तिमीले नै मेरो जीवन धानेको छौँ

अहँ ,अभाव छैन , कत्तै जानै पर्दैन ,
वरीपरी वेथिति छाडेर गएका छौँ
घर देखि तल हेर्छु , सडक भत्किएको छ ,

विहान बेलुकी गजवको रोजगारी सिर्जना गरेका छौँ
सडक , पानी , फोन , बत्ती दिएकै छौँ

अनि पो दैनिक तिमीलाई समाचारमा सम्झना छ ।
तिमीलाइ धन्यवाद ,घर भित्र बसीबसी काम दिएका छौँ ,

विहान देखि बेलुकी सम्म सबैको जय जयकार छ ।
काम गर्ने हिग्मत त , यस्तो पो हो है ,

जव सधैं सबैको आर्शिबाद मात्र पाएको छ ।
हिमाल मुस्कुराउदा पनि तिमीलाइ सम्झनु छ ,

आकाश रोएपनि सम्झनु छ , जीवन यस्तो पाउनु गजव छ ।
ठेकेदार , शिक्षक ,नेता ,व्यापारी खोज्नु नै पर्दैन ,
किनकी सबैको हृदयमा तिमी बसेका छौँ ।

जीवन त यस्तो ल्याएर जन्म लिनु ,
थुक्क गर्दा पनि लाज लजाउने किन नहोस ।
टाकुरामा बस्दैमा राजा हुने भए ,
म कुशेमुशेमा बसाइ सर्ने थिए तर सबै यि भ्रम हुन् ।

तपाईको प्रतिक्रिया