सल्यान दार्माका वडाध्यक्षसहित ४ जना पक्राउ


गत मंसिर २० गते सल्यानकाे दार्मामा बिहेकाे भाेज खान भनेर गएका व्यक्ती मृत भेटिएकाे घटनाकाे प्रकृतिले फरक माेड लिएकाे छ । घटनामा वडाध्यक्ष समेत जाेडिएका छन् ।

मंसिर १९ गते साँझ स्थानीयकाे बिहेमा भाेज खान गएका दार्मा गाउँपालिका वडा नम्बर २ पाजाखोलाका अन्दाजी ७० वर्षीय टेक बहादुर खत्री भाेलिपल्ट मंसिर २० गते मृत अवस्थामा फेला परेका थिए । उनलाइ नजिकैकाे एउटा गाेठमा स्थानीयले मृत फेला पारेका थिए ।

तर उनकाे मृत्यु साेहि वडाका वडाध्यक्ष डिल्ली बहादुर केसी (पासाङ)ले चलाएकाे बाइक दुर्घटनामा भएकाे प्रहरी अनुसन्धानमा खुल्न आएकाे छ । उक्त दिन वडाध्यक्षकाे बाइकमा बसेका टेकबहादुर बाइकबाट खसेर लडेकाे र वडाध्यक्षकाे आदेशमा स्थानीय युवाले गाेठमा लगेर फालेकाे प्रहरीकाे अनुसन्धानमा छ ।

घटनामा अनुसन्धानका लागि वडाध्यक्ष पासाङ सहित स्थानीय ३६ वर्षीय राम बहादुर खत्री, ४७ वर्षीय कुल बहादुर खत्री र २८ वर्षीय लक्षमण केसी पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

के भएकाे थियाे त्याे दिन

स्राेतकाअनुसार मंसिर १८ गते वडाध्यक्ष पासाङ र मृतक टेकबहादुर गाउँपालिकाकाे मुकाम फारुलामा थिए । दुवैजना दिनभरी सँगै फारुलामा थिए । त्याे दिन दुवैजना फारुलामा बास बसे ।

भाेलिपल्ट मंसिर १९ गते साँझ गाउँमा बिहे थियाे । गाउँमा बिहे खानालाइ वडाध्यक्ष पासाङ र मृतक टेकबहादुर सँगै बाइकमा बसेर बिहे घरतिर हिडे । बाइक वडाध्यक्ष पासाङले चलाए भने टेकबहादुर पछाडी बसे ।

‘बाटेमा बाइकबाट टेकबहादुर खसेर लडे । घाइते बनेका टेकबहादुर र वडाध्यक्ष पासाङ सँगै बिहेघर पुगे । बिहघरमै रहेका टेकबहादुर बेहाेस भएर लडे ।, ‘पक्राउ परेकाहरुकाे बयानलाइ उद्धित गर्दै एकजना अनुसन्धान अधिकारीले भने, ‘त्यसपछि बेहाेस भएका टेकबहादुरलाइ नजिकैकाे गाेठमा लगेर राखियाे ।’ उनकाे बिहे घरमै मृत्यु भयाे कि गाेठमा मृत्यु भयाे भन्नेबारे अझै एकिन नभएकाे ति अधिकारीले बताए ।

यसरी बेहाेस् बनेका टेकबहादुरलाइ गाेठमा राख्नेहरुमा स्थानीय ३६ वर्षीय राम बहादुर खत्री, ४७ वर्षीय कुल बहादुर खत्री र २८ वर्षीय लक्षमण केसी । उनिहरुले वडाध्यक्षकाे आदेशमा आफुले टेकबहादुरलाइ गाेठमा लिएर राखेकाे प्रहरी समक्ष बयान दिएका छन् । सुरुमा मंसिर २७ गते प्रहरीले यी जना लाइ पक्राउ गरेकाे थियाे ।

घटनाबारे यीनिहरुले प्रहरीसमक्ष वडाध्यक्षकाे नाम पनि खुलाएपछि पुस ५ गते वडाध्यक्षलाइ प्रहरीले पक्राउ गरेकाे हाे । चारै जना विरुद्ध टेकबहादुरकाे घरपरिवारले हत्या गरेकाे भन्दै प्रहरीमा किटानी जाहेरी दिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी इनिस्पेक्टर श्याम प्रकाश यादवले जानकारी दिए ।

घटनाकाे प्रमाण मेटाउन वडाध्यक्षकाे अर्काे प्रयास

मंसिर २० गते टेकबहादुरलाइ मृत अवस्थामा स्थानीयले गाेठमा फेला पारेका थिए । त्यसपछि वडाध्यक्ष पासाङ पनि साेहि ठाउँ पुगे । त्यसबेला वडाध्यक्षले रक्सीका कारण मृत्यु भएकाे बताउँदै पाेष्टमार्ट गर्न नपर्ने तर्क राख्न थाले ।

‘उहाँ रक्सीकाे कारण मर्नु भएकाे हाे । उहाँकाे घरपरिवारकाे आर्थिक अवस्था कमजाेर छ । त्यसैले पाेष्टमार्टम गर्न खलंगा नपठाम । हामी सबै मिलेर दाहासंस्कार गराैं ।’, त्यसबेला वडाध्यक्ष बाेलेकाे भनाइलाइ उद्धित गर्दै एक स्थानीयले भने ।

पछि स्थानीयहरुले प्रहरीलाइ खरब गर्नुपर्ने र शवकाे पाेष्टमार्टम गर्नुपर्ने बताएपछि घटनास्थलमा प्रहरी पुगेकाे थियाे । पाेष्टमार्टम रिपाेर्टमा टाउकाेमा चाेट लागेर मृत्यु भएकाे देखिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

दुइ वर्षदेखि सरकारी माेटरसाइकललाइ निजी नम्बर प्लेट राखेर चलाए

वडाध्यक्ष पासाङले दुइवर्ष अघि दार्मा गाउँपालिकाले खरिद गरेकाे सरकारी नम्बरकाे माेटरसाइकललाइ निजि नम्बर प्लेट राखेर चलाउँदै आएकाे समेत खुलेकाे छ । उनले साेताे नम्बर प्लेटलाइ राताे बनाइ फरक नम्बर प्लेट बनाएकाे खुलेकाे हाे ।

राताे नम्बर प्लेट बनाएर उनले सरकारी बाइककाे दुरुपयाेग गर्दै आएका थिए । रा १ ब १२६५ नम्बरकाे सरकारी नम्बर प्लेटलाइ लु ७१ प ३९२७ नम्बरकाे निजी नम्बर प्लेट बनाएकाे खुलेकाे छ । माेटरसाइकललाइ पनि प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

तपाईको प्रतिक्रिया