सभाहल र सार्वजनिक सभास्थल निर्माणका लागि मन्त्रीलाई ज्ञापन पत्र

No description available.
खलंगा । नेकपा (एकीकृत समाजवादी) जाजरकोटका नेताहरुले विभिन्न विकास निर्माणको माग गर्दै शहरी विकासमन्त्री रामकुमारी झाक्रीलाई ज्ञापन पत्र बुझाएका छन् । मन्त्रालयमा पुगेर विभिन्न विकास निर्माणका कामहरु लागि ज्ञापन पत्र बुझाएका हुन् । सदरमुकाम खलंगामा १ हजार सिट क्षमताको सभाहल र सार्वजनिक सभास्थल निर्माण गर्न माग गरिएको छ ।

जिल्ला स्तरीय सभाहल तथा सार्वजनिक सभास्थल नभएका कारण ठूला सभा तथा कार्यक्रमहरु गर्न समस्या पर्ने गरेकोले आवश्यक संरचना निर्माणका लागि शहरी विकास मन्त्रालयमा माग गरिएको हो ।

नेकपा ( एकीकृत समाजवादी) जाजरकोटका अध्यक्ष एवं केन्द्रीय सदस्य कृष्णबहादुर विसीको नेतृत्वमा शहरी विकास मन्त्री रामकुरमारी झाक्रिलाई विकासका सवालमा विभिन्न माग राखेर ज्ञापन पत्र बुझाइएको नेकपा ( एकीकृत समाजवादी) जाजरकोटका सचिव गंगाबहादुर शाहीले जानकारी दिए ।

सचिव शाहीका अनुसार जिल्ला सदरमुकाममा शहरी विकासको मापदण्ड अनुसारको व्यवस्थित वसपार्क निर्माण, बजार क्षेत्र भित्रका सडकहरुको दल निकास सहित स्तरउन्ती गर्नका लागि समेत आवश्यक बजेटको माग गरिएको छ ।

यस्तै, भेरी नगरपालिका ७ स्याउली बजारलाई एकीकृत बजार व्यवस्थापन कार्यक्रम मार्फत विकास गर्न माग गरिएको छ । त्यसका लागि मध्यपहाडी सडकदेखि बजार जोड्ने सडक, बजार संरक्षणका लागि तटबन्ध तथा वृक्षारोपण, कृषि हाटबजार स्टल, २ सय ५० सीट क्षमताको सभाहल तथा बसपार्क निर्माण गर्नुपर्ने माग राखिएको छ ।

जिल्लाको प्रदेश (ख) अन्तर्गत छेडागाड नगरपालिकाको प्रस्तावित प्रशासनिक केन्द्र चंखिलामा अत्याधुनिक सुविधा सहितको सभाहल, पश्चिम जाजरकोटको व्यापारिक केन्द्र थलह बजार संरक्षणका लागि तटबन्धन तथा वृक्षारोपण, कृषि हाटबजार स्टल, तथा बसपार्क निर्माण गरी उक्त बजारलाई एकीकृत बजार व्यवस्थापन कार्यक्रममा जोड्नुपर्ने माग गरिएको छ ।

पार्टी अध्यक्ष विसी सहित केन्द्रीय सदस्य एवं जिल्ला सह ईन्चार्ज रिता रावल र जिल्ला कमिटी सचिव शाही लगायतका नेताहरु संग ज्ञापनपत्र बुझ्दै मन्त्री झाक्रिले माग पूरा गर्ने प्रतिवद्धता व्यक्त गरिन् । केही समय अघि पार्टीको जिल्ला भेलाका लागि जाजरकोट पुग्दा सभाहलका अभाव आफैले भोगेको भन्दै जिल्लावासीलाई अनुभुति हुने गरी कार्यक्रम तथा बजेटको व्यवस्थापन गर्ने आश्वासन दिएको अध्यक्ष विसीले बताए । जिल्ला सभाहल नहुदाँ ठूला कार्यक्रम गर्न निकै समस्या भईरहेको छ ।

No description available.

तपाईको प्रतिक्रिया