जनपत्रकार संगठन नेपाल जाजरकोटको दोस्रो बैंठक सम्पन्न

No description available.
खलंगा । जनपत्रकार संगठन नेपाल जाजरकोटको दोस्रो पूर्ण वैठक मंगलबार खलंगामा सम्पन्न भएको छ । वैठकले जनपत्रकार संगठन नेपालको आगामी माघ ११,१२ र १३ गते वुटवलमा हुन लागेको चौथौ राष्ट्रिय सम्मेलन तयारीको लागि विभिन्न निर्णय गरेको छ ।

वैठकले सांगठानिक कार्य, राजनैतिक तथा वैचारिक कार्य, जिल्लामा अनलाईन दर्ता लगायतका विषयमा छलफल गरिएको जनपत्रकार संगठन जाजरकोटका अध्यक्ष वीरेन्द्र शाही ठकुरीले जानकारी दिए । साथै वैठकले दुई जना जिल्ला कमिटी सदस्यहरु समेत थपेको छ ।

No description available.

नयाँ सदस्यहरुमा शुशिला विक, विमला वली रहेका छन् । नयाँ सदस्यहरु सहित १५ सदस्सीय जिल्ला कमिटी निर्माण गरिएको छ । वैठकमा नेकपा जिल्ला सेक्रेटरी अनन्त, जनपत्रकार संगठन नेपालका कर्णाली प्रदेश कमिटी सह सचिव प्रेम विक लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया