
खलंगा । यतिबेला देशभर चिसो बढेको छ । काठमाडौं उपत्यकाको तापक्रम शनिबार २ डिग्री सेल्सियसमा झरेको छ । त्यस्तै डोल्पा, जुम्ला, हुम्ला, मनाङ मुस्ताङ जस्ता हिमाली जिल्लाहरूमा बाक्लो हिउँ पर्न थालेको छ ।

बाक्लो हिउँबीच पनि आफ्नो घर–व्यवहार तथा भेडा–च्याङ्ग्रा चरिचरण गर्न लैजानु यहाँका स्थानीयको दैनिकी नै हुने गर्छ ।

उपल्लो डोल्पामा पशुपालन व्यवसाय नै मुख्य पेसा हो । च्याङग्राको मद्धतबाट यहाँका सर्वसाधारणहरू ढुवानीसमेत गर्दछन्। यतिबेला उपल्लो डोल्पामा चिसो र बाक्लो हिउँ परेको छ । यहाँका स्थानीयबासी बाक्लो कपडा तथा ताता खानेकुराहरूसहित कष्टसाथ जीविका गर्छन् ।

पाटन चरिचरण क्षेत्रबाट दिनभर चरिचरण गरेर बेलुकी ‘धो’ गाउँ उपल्लो डोल्पामा फर्कंदै गरेका च्याङग्राहरूको केही तस्वीरः

















































। ४ पुष २०७८, आईतवार