
अन्तरजातीय विवाहकाकारण हुम्लाको सर्केगार्ड गाउँपालिका–१ को जैरको नात्ता गाउँका चन्द्रे कामीलाई माइती पक्षबाट २० जनाभन्दा बढी युवा आएर कुटपिट गरेर बेपत्ता पारेको तीन दिन भयो ।
कुटपिट गर्ने मुगुको सोरु गाउँपालिका–१ लिप्रुका २० जनाभन्दा बढी युवा फरार रहेका छन् । चन्द्रे कामीलाई निर्घात कुटपिट गरेर युवा फरार रहेको हुम्लाका डीएसपी हेरम्भ शर्मा जानकारी दिए ।
उनका अनुसार, फरार रहेका युवालाई मुगु प्रहरी र हुम्ला प्रहरीले खोजिरहको छ । माइती पक्षको गाउँमा प्रहरी परिचालन भएको छ तर युवक कामीलाई कुटपिट गर्ने युवा गाउँमा छैनन ।
मुगुको सोरु गाउँपालिका–१ लिप्रु गाउँकी सुन्तली मल्ल र हुम्लाको सर्केगार्ड गाउँपालिका–१ को जैरको नात्ता गाउँका चन्द्रे कामीबीच विवाह भएको दुई महिना बित्यो ।उनीहरुलाई माइती पक्षको धम्की दिँदा सर्केगार्डको रीप गाउँमा बस्दै आएका थिए ।
माइती पक्षले खोजिरहेका थिए । तर, भेटाएका थिएनन । पछि माइती पक्षबाट अहिलेको जमानामा पनि के को जातपात ? आउ भेटौं भन्ने बहाना बनाइ युवालाई निर्घात कुटपिट गरेर बेपत्ता बनाए छन् । युवक र युवतीलाई हुम्लाको सर्केगार्डमै आएर कुटपिट गर्दै लिएका थिए ।
















































। ३ पुष २०७८, शनिबार