जुम्लामा प्रतिष्ठानकी नर्सको ‘रहस्यमय’ मृत्यु

बैंकको बाथरुम किन नुहाउन पुगेकी थिइन् अनुपमा ?

 

जुम्लामा प्रतिष्ठानकी नर्सको ‘रहस्यमय’ मृत्यु 
फोटो : मंगल रावलको फेसबुकबाट

खलंगा । जुम्लाको सिटिजन बैंक शाखा बाथरुममा नुहाउदै गर्दा बेहोस नर्सको मुत्यु भएको छ । कोहलपुर उपमहानगर नगरपालिका-११ की २६ वर्षीय अनुपमा श्रेष्ठको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक श्रेष्ठ बिहिबार दिउँसो सिजिजन बैंकको बाथरुममा नुहाउन गएकी थिइन् ।

बाथरुममा नुहाउन गएकी उनी बेहोस भएको भन्दै सिटिजन बैंकका कर्मचारीले प्रतिष्ठानमा उपचारका लागि लिएका थिए । बेहास भएकी श्रेष्ठलाई प्रतिष्ठानको आइसियूमा राखिएका थियो ।

२४ घण्टा आइसियूमा राख्दा पनि होस नआएपछि प्रतिष्ठानले शुक्रबार साँझ मृत्यु भएको घोषणा गरेको हो । मृतक श्रेष्ठका आमा बुबाले छोरीको मृत्यु रहस्यमय भएको भएको भन्दै प्रहरीमा जाहेरी दिने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले प्रहरीले कानुनी प्रक्रिया पुरा गरेर अनुसन्धान अगाडि बढाउने बताए । मृतकका आफन्तको जाहेरी अनुसार, प्रहरीले अनुसन्धान बढाउने चन्दले बताए ।

यता सिटिजन बैंकका म्यानेजर महेश शाहीले मृतक नर्स साथीको बहिनी भएकाले आफ्नो बैंकमा नुहाउन आएको बताए । ‘बैंक स्टाफ अफिसकै कामकाजमा व्यस्त थिए । बाथरुममा आएर बेहोस भएको थाहा भएपछि प्रतिष्ठान लगिएको हो’ शाहीले भने । बैैंकका कर्मचारी बाथरुम जाँदा ढोका बन्द थियो । ढोका फुटाएर उपचार गर्न लगेकाे उनको भनाइछ ।

कर्णालीखबर अनलाइन बाट साभार गरिएकाे ।

तपाईको प्रतिक्रिया