कालिकोटका शिक्षा इकाइ प्रमुखलाई कालोमोसो

कालिकोटका शिक्षा इकाइ प्रमुखलाई कालोमोसो
कालिकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले शिक्षा विकास तथा समन्वय इकाइ कालिकोटका प्रमुख महेशदत्त देवकोटालाई कालोमोसो दलेका छन् ।

बुधबार दिउँसो कार्यालय समयमा समूहमा आएर ‘विप्लव’ नेतृत्वको अनेरास्ववियू (क्रान्तिकारी) र युवा संगठनका कार्यकर्ताले कालोमोसो दलेका हुन् ।

जिल्ला सेक्रेटरी मनिलाल ऐडी रणदीपका अनुसार, बारम्बार इकाइ प्रमुखलाई सचिन आग्रह गरेको र नमानेपछि कालोमोसो दल्न बाध्य भएको हो ।

शिक्षकबाट घुस लिएको पैसा तत्काल फिर्ता गर्न आग्रह गरेपनि प्रमुखले नमानेपछि उक्त कारबाही गरिएको रणदीपले बताए । शिक्षकबाट लिएको घुस अझै फिर्ता नगरे थप कारबाही गर्ने चेतावनी समेत दिएका ।

No description available.

तपाईको प्रतिक्रिया