काठमाण्डौं । प्रेस काउन्सिल नेपाल र राष्ट्रिय महिला आयोगले कार्यस्थलमा हुने हिंसा विरुद्ध उजुरी गर्न महिला सञ्चारकर्मीलाई आग्रह गरेको छ । मङ्गलबार प्रेस काउन्सिल नेपालको आयोजनामा भएको मिडियामा हुने महिला हिंसाको अवस्था र न्युनीकरणको उपाय विषयक छलफल कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले कार्यस्थलमा हुने हिंसाबारे उजुरी गर्न र हिंसा निर्मुलीकरणमा सघाउन आग्रह गरेका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष पराजुलीले पत्रकार आफू हिंसामा परे पीडकको नामसहित उजुरी दिन र कारबाहीको दायरामा ल्याउन सहयोग पु¥याउन आग्रह गरिन्े । पत्रकारले दिने सूचना र समाचारले परिवर्तन ल्याउने उनको भनाई थियो । सञ्चारकर्मी महिलामा हुने जिम्मेवारी विभेदका कारण हिंसा हुने गरेको भन्दै उनले आयोगमा आउने उजुरीमा ७५ देखि ७८ प्रतिशत हिंसा घरेलु हुने गरेको जानकारी दिए ।
काउन्सिलका अध्यक्ष बस्नेतले महिलासम्बन्धी उजुरी र गुनासा सम्बोधनलाई काउन्सिलले प्राथमिकतामा राखेको भन्दै हिंसासम्बन्धी उजुरी सुनुवाइमा काउन्सिल र आयोगले समन्वय गरेर समस्या समाधान गर्ने विश्वास दिलाए ।
















































। २८ मंसिर २०७८, मंगलवार