
काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आज अपराह्न साढे तीन बजेदेखि साढे सात बजेसम्म मतदान हुने भएको हो ।
राष्ट्रिय सभा गृह र भृकुटीमण्डपमा मतदान हुने नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
दोस्रो चरणमा शेरबहादुर देउवा र डाक्टर शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ ।
देउवालाई तेस्रो स्थानमा आएका सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंहले सघाउने भएका छन्। कांग्रेसमा ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि रहेका छन्। पहिलो चरणमा ४ हजार ६ सय ७९ जनाले मतदान गरेका थिए भने ७६ मत बदर भएको थियो ।
मतदान सकिएको केही घण्टामै मतगणना शुरू गर्ने र आजै नतिजा आइसक्ने संयोजक घिमिरेले बताए ।
















































। २८ मंसिर २०७८, मंगलवार