दाङ जिप दुर्घटनामा तीन जनाको मृत्यु, १५ घाइते

दाङ्ग तुलसीपुरबाट सल्यान कपुरकोट आउँदै गरेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

आइतबार साँझ राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ सिरखोलामा रा १ ज ४३८ नम्बर जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा ४५ वर्षीया सौनी घर्ती, ४८ वर्षीय प्रेम प्रकाश शर्मा र ४६ वर्षीय कर्णबहादुर खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। उनीहरुको ठेगाना भने खुल्न सकेको छैन।

जिप सडकबाट करिब २ सय मिटर तल सकेको प्रहरीले जनाएको छ। जिपमा कति जना यात्रु सवार थिए भन्ने एकिन हुन सकेको छैन। घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र नेपालगञ्जमा उपचार भइरहेको छ। घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया