
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गाउँघरमा राजनीतिक दलका नेताप्रति वितृष्ण पैदा हुँदै गएको टिप्पणी गरेका छन्।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै लिङ्देनले नेताहरूप्रति विश्वास मर्दै गएको बताएका हुन् । ‘हाम्रो गाउँघरतिर पार्टीको कार्यकर्ताले नेता बोलाउँदा कुनै एउटा भवनमा वा चौतारोमा नेता बोलाएर राख्छन् र छरछिमेकलाई हाम्रो नेता आउनुभएको छ एकछिन् जाऔं न भनेर बोलाउन जान्छन्, नेता आउँदै हुनुहुन्छ भन्दा मान्छेले आजकल कुन नेता आएछ भनेर नेताको नाम सम्झिँदैन ।’
उनले भने, ‘कुन चाहिँ चोर आएछ भनेर भन्छन् हाम्रो अवस्था यस्तो छ । त्यसकारण महाधिवेशन औपचारिकता वा वैधानिकतामा मात्रै सिमित हुनुहुँदैन नेतृत्वको विग्रिएको छवि सुधार्न पनि प्रयोग गर्नुपर्छ।
















































। २४ मंसिर २०७८, शुक्रबार