
नेपाली काँग्रेसका नेता मिन विश्वकर्माले १४ औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । नेता विश्वकर्माले आज पत्रकार सम्मेलन गर्दै समावेशी दलिततर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
उम्मेदवारी घोषणा गर्दै उहाँले आफूले सभापति शेर बहादुर देउवालाई भेटेर सहमहामन्त्रीमा उम्मेदवारी दिएको बताउनुभयो । उहाँले काँग्रेस नै सबैभन्दा पहिलो र ठूलो समावेशी पार्टी भएको दाबी गर्दै समावेशितालाई आफ्नो पहिला प्राथमिकता बनाउने बताउनुभयो ।
नेपाल दलित सङ्घको केन्द्रीय अध्यक्ष समेत रहनुभएका नेता विश्वकर्मा १२ औँ र १३ औँ महाधिवेशनमा निरन्तर केन्द्रीय सदस्य निर्वाचित हुनुभएको हो ।
















































। २३ मंसिर २०७८, बिहीबार