जाजरकोटका सात वटै स्थानीय तहमा माओवादीको नयाँ नेतृत्व

May be an image of 12 people, people standing and people sitting
जाजरकोट । जाजरकोटका सात वटै स्थानीय तहमा नेकपा (माओवादी केन्द्रले नयाँ नेतृत्व चयन गरेको छ । माओवादीले स्थानीय तहहरूको प्रथम सम्मेलन बाट नयाँ नेतृत्व चयन गरेको हो ।

शिवालय गाउँपालिकाको अध्यक्षमा गोपालबहादुर घर्ती (गोविन्द्र), कुशे गाउँपालिकाको अध्यक्षमा हरिचन्द्र जैसी (अनुकुल), बारेकोट गाउँपालिकाको अध्यक्षमा हरिबहादुर थापा (शिखर), जुनीचाँदे गाउँपालिकाको अध्यक्षमा ओएलसिंह घर्ती (निर्माण) सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै, माओवादी केन्द्र भेरी नगर कमिटीको अध्यक्षमा दिपक बस्नेत, नलगाड नगरपालिकाको अध्यक्षमा गणेश सिंह, छेडागाड नगर कमिटी अध्यक्षमा चन्द्रबहादुर थापा (अपिल) सर्वसहमत चयन भएको माओवादी केन्द्र जाजरकोटका अध्यक्ष ढकवीर रानाले जानकारी दिए । रानाका अनुसार जिल्लाको सबै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।

तपाईको प्रतिक्रिया