
संकेतिक फोटो
खलंगा । जिल्लाको बारेकोट गाउँपालिकामा यहि मंसिर १७ गते (भोली) देखि छुट् मतदाता नामावली दर्ता सुरु हुने भएको छ । निर्वाचन आयोग नेपालको मतदाता संग्लन एवं दर्ता कार्यक्रम २०७८ अनुसार यही मंसिर १७ गते देखि यहि मंसिर २६ गते सम्म लिम्सामा छुट मतदाता नामावली दर्ता हुने भएको हो ।
छुट मतदाता नामावली दर्ता संगै नामावलीमा भएको त्रुटिहरुलाई सच्याउने, मतादान स्थान परिवर्त गर्ने जस्ता सेवा दिईने निर्वाचन कार्यालय जाजरकोले जानकारी दिएको छ ।
मतदाता नामावली दर्ता भोली देखि संञ्चानका लागि विहिबार (आज) राजनीतिक दलहरुको बिचको छलफल भएको हाम्रा सहकर्मी काली प्रसाद थापाले बताए ।
उनका अनुसार छलफमा मतदाता नामावली दर्ता संगै नागरिकता शिविर संञ्चालन भएको भए उमेर पुगेका र नागरिकता प्रप्त गर्न बाँकी रहेका नागरिकलाई नागरिकता प्रदानमा सहज हुने प्रस्ताव नेकपा माओवादी केन्द्र बारेकोटका ईन्चार्ज नर बहादुर गिरी (निशान)ले राखेको थिए ।
















































। १६ मंसिर २०७८, बिहीबार