
खलंगा । नेकपा माओवादी केन्द्र जुनीचाँदे गाउँपालिका जाजरकोटको प्रथम सम्मेलन सम्पन्न भएको छ । मंसिर १३, १४ र १५ गते २ सय ३७ जना आयोजक र प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको हो ।
सम्मेलनमा प्रमुख अतिथि पार्टी केन्द्रिय सदस्य एवं राष्ट्रिय सभा सदस्य माया प्रशाद शर्मा (पारशमणी) को उपस्थिति रहेको थियो भने अन्य अतिथिमा कर्णाली प्रदेश कमिटी सदस्य एवं जिल्ला इन्चार्ज गगन बहादुर खड्का (जीवन), कर्णाली प्रदेश समिति सदस्य तथा जुनिचाँदे गाउँ समिति इन्चार्ज वीर बहादुर रावत (शौगात), कर्णाली प्रदेश समिति सदस्य कृष्ण बहादुर के.सी.(प्रभाकर), प्रदेश सल्लाहकार ओइलसिंह घर्ती (निर्माण), दुर्ग बहादुर शाही (दामोदर) प्रदेश जेष्ठ कम्युनिस्ट मन्च सदस्य अंगत बहादुर शाही लगायत जिल्ला समन्वय समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।
नयाँ क्रान्तिकारी बिचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ भन्ने मुल भाव सहित उदघाटन भएको प्रथम सम्मेलनमा राजनैतिक प्रतिबेदन प्रस्तुत र नेतृत्व निर्माण सम्बन्धी ३ दिन सम्म व्यापक छलफल पश्चात ओइलसिंह घर्ती (निर्माण) को अध्यक्षतामा सर्बसम्मत रुपमा बिजय र एकताको प्रथम गाउँ सम्मेलन घोषणा गर्दै सम्पन्न भएको छ ।
करिब तीन दिन सम्म चलेको सम्मेलनले राजनीतिक, बैचारिक, सगठनात्मक र भावनात्मक एकता कायम गर्ने र फेरी पनि माओवादी केन्द्रको रातो झण्डा फरफराउने संकल्प लिएर प्रतिक्रियावादीहरुका हर प्रकारका षड्यन्त्र हरुलाई चक्नाचुर पर्दै पार्टी भित्र रहेका गलत सोच, चिन्तन र प्रवृत्तिका बिरुद्घ निर्ममता पुर्बक संघर्ष गर्ने निर्णय गरको छ ।
गतिशिल संगठन निर्माणमा एकता, संघर्ष र रुपान्तरणको मुलमान्यता आत्मासाथगरि माओवादी पार्टीका निर्देशनलाई अक्षरस पालन गर्ने पनि सम्मेलनले निर्णय गरको छ । आम जनसमुदाय बिचमा गई अहिलेको परिवर्तन, उपलब्धी गणतन्त्र, संघीयता, धर्मनिरपेक्षयता, समानुपातिक, समाबेशी सिद्घान्तको रक्षा र विकासगरि आम जनतालाई जागरुक बनाई माओवादी पार्टीमा गोलबन्द गर्ने संकल्प सहित सम्मेलन सब्य, भब्य र शान्दार पुर्बक सम्पन्न भएको प्रदेश सम्मेलन प्रतिनिधि सत्य नारायण बस्नेत (बेगवान) ले जानकारी दिए ।
पार्टी केन्द्रको निर्देशन र कार्यतालिका अनुशार कार्तिक २५ गते सम्म पार्टी सदस्यता नबिकरण र समर्थक सदस्यता बितरण, २७ गते सेल समिति निर्माण, मंसिर ४ गते वडा सम्मेलन र मंसिर ११ गते गाउँसम्मेलन सम्पन्न गर्न दिएको निर्देशन बमोजिम बिभिन्न समितिहरु निर्माण गरिएका छन ।
जुनिचाँदे गाउँपालिका भरीमा १ हजार ६ सय ४४ जना पार्टी सदस्य रहेका छन भने सबै पार्टी सदस्य विभिन्न समितिमा रहने गरि ९९ वटा पार्टी पार्टी सेल, ३३ वटा टोल समिति र ५५ सदस्यीय गाउँसमिति निर्माण भएको छ ।
अध्यक्षः ओईलसिङ घर्ती (निर्माण)
वरिष्ठ उपाध्यक्षः जय ब.बस्नेत (जिवन्त)
उपाध्यक्ष ः जय ब.घर्ती (हिमाल)
उपाध्यक्ष ःअम्बिका खड्का (लक्ष्मी)
सचिव ःभिम ब.बस्नेत
स–सचिव ः कृष्ण ब.शाही (सुन्दर)
कोषाध्यक्ष ः गंग ब.रावत (शिखर)
कार्यालय सदस्य ःकर्ण ब.रोकाय (सुन्दर)
कार्यालय सदस्य ःमोतिलाल खड्का (निडर)
















































। १६ मंसिर २०७८, बिहीबार