वेसाहारा चार बालबालिकालाई जयन्तीको सहयोग

मंसिर । युवा समाजसेवी जयन्ती थापाले आफनो जन्म दिनमा जाजरकोटका वेसाहारा दलित वालवालिकाहरुलाइ पढाइका लागि विभिन्न सामाग्रीहरु सहयोग गरेकी छिन् । जिल्लाको छेडागाड नगरपालिका वडा नम्वर १२ कार्कीगाउँका चार जना आमा वुवा नभएका वेसाहारा वालवालिकाहरुलाई शैक्षिक सामाग्री सहित जाडोको समयमा लागाउने न्यानो कपडा बुधबार हस्तान्तरण गरिएको छ ।

जयचन्द्र मिडिया गु्रप प्रा.लि.को समन्वयमा समाजसेवी जयन्ती थापाले ती वालवालिकाहरुको पढाइ सहयोगका लागि उपलव्ध गराएका सामाग्रीहरु नारायणी माध्यमिक विद्यालय कार्कीगाउँमा एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको हो । समाजसेवी थापाले गत चार वर्ष देखि पढाउने जिम्मा लिएका छेडागाड नगरपालिका वडा नम्वर १२ चैते टाकुराका प्रतिभा परियार, जय परियार, पुष्पा परियार, सन्तोष परियारलाइ विद्यालय पोषाक, जुत्ता मोजा, कपाडा, किताव लगाएतका शैक्षिक सामाग्रीहरुको सहयोग उनीहरुकै गाउँमा पुगेर नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष एवम कुशेमालिका अनलाइनका सम्पादक जनक केसीले हस्तान्तरण गरेका हुन् ।

नारायणी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गणेशकुमार वस्नेत, अनलाइनका सम्पादक केसी र अभिभावकहरुले जयन्तीवाट प्राप्त सहयोग ती वालवालिकाहरुलाइ वितरण गर्नुका साथै जन्म दिनको केक समेत वाँडेका थिए । कार्यक्रममा वोल्दै विद्यालयका प्रधानाध्यापक वस्नेतले अमेरीकामा वसेर जाजरकोटका विपन्न वेसाहारा वालवालिकाहरुलाइ सहयोग गर्ने जयन्तीको समाजसेवी कार्यको प्रशंसा गरे ।

विदेशी भुमिमा रहेर पनि नेपाल र नेपालीको हित र सहयोगमा चिन्तित जयन्ती सवैको लागि प्रेरणाको श्रोत भएको प्रधानाध्यापक वस्नेतले वताए । यस्तै कुशेमालिका अनलाइनका सम्पादक एवम नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष केसीले विदेशी भुमिवाटै दुख आपतमा परेका नेपालीको सहयोगमा सक्रिय जयन्तीवाट अरुले पनि केहि न केहि सिक्नु पर्ने वताए । आफनो व्यक्तिगत लगानीमा विपन्न र वेसाहारा वालवालिकाहरुलाइ पढाउने, गरिवहरुलाइ विभिन्न सहयोगहरु दिने जयन्तीको सोच र काम देश प्रेमले भरिएको केसीले वताए । यस्तै जयन्तीको सहयोगले अफ्नो पढाईमा सहयोग पुगेकोेले प्रतिभा परियारले वताइन् । हाम्रा लागि जयन्ती दिदी भगवान भएर आउनु भएको छ उनले भनिन् ।

आमा र वुवाको साथ नपाए पनि जयन्ती दिदीको साथ पाएको प्रतिभाले भनिन् । जयन्तीले सहयोग गरेका चार वेसाहारा दलितहरु मध्य प्रतिभा १२ कक्षामा पढ्छिन् भने जय परियार ८ कक्षामा, पुष्पा ७ कक्षामा र सन्तोष ५ कक्षामा पढिरहेका छन् । उनीहरुलाइ थापाले गत चार वर्ष देखि शैक्षिक सामाग्री, पढाइ शुल्क, कहिले काहि खाद्यन्न सहयोग दिइरहेकी छिन् ।
समाजसेवी थापाले जाजरकोटका चार जना वेसाहारा दलित वालवालिका सहित रुकुम, सुर्खेत दैलेख लगाएतका दुइ दर्जन वढी साहाराविहिन वालवालिकाहरुलाइ आफनो व्यक्तिगत खर्चमा पढाइरहेकी छिन् भने विभिन्न प्रकोप र समस्याले पिडित हुने महिला, वालवालिका र जेष्ठ नागरिकहरुलाइ विभिन्न सहयोगहरु निरन्तर दिने गरिरहेकी छिन् ।

तपाईको प्रतिक्रिया