प्रदेशसभामा पेश गरे मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रस्ताव

मुख्यमन्त्री शाहीले प्रदेशसभामा पेश गरे विश्वासको मत लिने प्रस्ताव
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठकमा प्रस्ताव पेश गरेका छन् ।

मंगलबार बसेको कर्णाली प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले प्रदेश सभामुख राजबहादुर शाही समक्ष विश्वासको मत लिनका लागि प्रस्ताव पेश गरेका हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिइ सक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । मुख्यमन्त्री शाही तीन दलीय गठबन्धनको समर्थनमा कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री शाहीले विश्वासको मत भने बुधबार दिउँसो १ बजे बस्ने बैठकमा लिने छन् । यो सँगै मंगलबार बसेको कर्णाली प्रदेशसभा बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थिगित भएको छ ।

आज (मंगलबार) बसेको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल एमाले उपस्थित नभएकोले मुख्यमन्त्री शाहीले विश्वासको मत पनि बुधबारको बैठकमै लिने प्रदेश सभा सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया