काठमाडौँ — नेकपा (एमाले)को १० औँ महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ । चितवनको नारायणी नदी किनारमा १० औँ महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुन देशभरबाट नारायणी नदी किनारमा महाधिवेशन पदाधिकारी, नेता तथा कार्यकर्ताहरुको ठूलो संख्यामा भीड लागेको छ ।
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय झन्डा, पार्टीको चिह्न तथा चुनाव चिह्न अंकित तीनवटा झन्डाहरू सँगै झन्डोत्तोलन गरेर उद्घाटन गरेका छन् ।उनले झन्डोत्तोलन गरे लगत्तै महाधिवेशनको मस्कटको पनि औपचारिक अनावरण गरेका थिए । मस्कट अनावरण गरेपछि ओलीले मञ्चको अघिल्तिर बसेका कार्यकर्ताहरुबाट अभिवादन समेत ग्रहण गरेका थिए ।





कान्तिपुर बाट साभार गरिएकाे ।
















































। १० मंसिर २०७८, शुक्रबार