
खलंगा । जिल्लाको छेडागाड नगरपालिकामा नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी ) बिद्यार्थी संगठको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलन बिहीबार नगरपालिका स्थित कृषि बिकास कार्यलयमा सम्पन्न भएको हो । सम्मेलन कार्यालयको कोठा भित्र उद्धघाट गरिएको हुँदा बिद्यार्थीहरु भित्र बस्ने ठाँउ नहुँदा पनि झ्याल ठोका बाहिरबाट समेत विद्यार्थीले उपस्थित जनाएका थिए ।
उक्त सम्मेलन उद्घाटनका सभापति प्रेम ब खत्री, प्रमुख अतिथी यज्ञ बहादुर खत्री, विशेष अतिथी अटल आचार्य नेकपा (माओवादी केन्द्र) जाजरकोट जिल्लाका सचिवालय सदस्य चन्द्र बहादुुर थापा लगायका व्यक्तिको उपस्थिती भएको थियो ।
सम्मेलनबाट अध्यक्षमा गणेश अधिकारी, बरिष्ठ उपाध्यक्षमा आदेश जङ्ग शाही, उपाध्यक्ष प्रेम प्रसाद आचार्य ,जयराम के सी, कोषाध्यक्ष हिमानी अधिकारी, सचिव जागेश्वर थापा, सहसचिव महेश अधिकारी ,प्रकाश थापा, कल्पना नेपाली सहित ३१ सदस्यीय नगर कमिटी सर्बसहमति निर्वाचित गरिएको छेडागाड सहकर्मी वीर बहादुर बुढाले जानकारी दिए ।

उक्त सम्मेलन उद्धाटन समारोहोमा बोल्दै गर्दा दोमुखे शिक्षा नितीले समाजमा विभेद सृजना गरेको भन्दै शिक्षालाई राजनीतिकरण गर्ने, ब्यापारीकरण गर्ने दलाल शैक्षिक माफियाहरुको मुटु थर्कमान पार्न सक्ने हिक्मत अखिल क्रान्तिकारीले गर्नुपर्ने चन्द्र बहादुुर थापाले व्यक्त गरेको थिए ।
उनका अनुसार रक्तरञ्जित पृष्ठभूमिबाट जन्मेको संगठन भएकोले समाज रुपान्तरण र समाजवादको आधार निर्माण गर्न महत्त्वपूर्ण भुमिका रहेको छ ।
















































। १० मंसिर २०७८, शुक्रबार