
फाइल तस्विर
भुपेन्द्र नेपाली
खलंगा । जाजरकोटका ग्रामीण क्षेत्रका दलित समुदायमा भित्रै विभेद पाईन्छ । कामीले दमाईं, सार्कीलाई पानी छुन नदिने, घरको ढोका भित्र छिर्न नदिने, छोएको खाना नखाने लगायतका विभेद अझै कायम रहेका छन् । बारेकोट गाउँपालिका, कुशे गाउँपालिका लगायत जिल्लाका सातैवटा स्थानीय तहका अधिकांश वडाहरुमा यस्तो समस्या देखिएको हो ।
दलित भित्रका कामी, विक र नेपालीले अन्य दलितलाई बोलाउँदा समेत तिमी, तँ भनेर बोलाउँछन् भने बादी, लुहार, दमाईं, सार्कीले भने उनीहरुलाई तपाईं भनेर बोलाउने गरेको बारेकोट २ स्थानीय हरीबहादुर परियारले बताए । उनी भन्छन्, ‘दलित भित्र नै विभेद रहेका कारण छुवाछूत प्रथाको अन्त्य हुन निकै मुस्किल भएको छ ।’
शिक्षित युवाहरुले यो विभेदको अन्त्य गर्न खोजे पनि पाका उमेरका मानिसले पुरानो संस्कार छोड्न नमान्नु भनेकै विभेद अन्त्य नहुनु हो । धारामा पानी भर्दा देखि सार्वजनिक भोज भतेर, धार्मिक स्थानमा सम्म दलितले दलितलाई नै विभेद गर्ने गरेका छन् । पुराना संस्कार, रीतिथितिको अन्त्य गर्न सकियो भने दलित भित्रको विभेद अन्त्य हुने बारेकोट २ दलित वडा सदस्य सीता परियारको बताईन् ।
विभेदका विषयमा पढे लेखेका युवाले खुलेर विरोध गरेपनि बूढापाकाले पुरानो संस्कारलाई नै निरन्तरता दिनु र युवा पिढीको आवाजलाई नसुनिदिनुले नै विभेदको अन्त्य गर्नका लागि थप सामाना गर्नुपर्छ । दलित भित्रको विभेदले गैरदलित संग झनै विभेद हुने देखिएको परियारको भनाई रहेको छ ।
यहाँ दलितले दलितलाई विभेद गरिएको छ । ‘जब सम्म दलित समुदाय भित्र नै यस्तो विभेद रहन्छ तब सम्म विभेदको अन्त्य हुदैन्’ ‘दलित भित्रको विभेद अहिले पनि कायमै छ, अरुलाई भन्नु भन्दा पहिले हामी परिवर्तन हुन आवश्यक रहेको बारेकोट २ का वडाध्यक्ष कर्णे कामीले बताए । दलित समुदाय भित्र एकताको आवश्यक रहेको छ, पहिले दलित भित्रको समस्याहल गरौँ, अनिमात्र हामीले अरु संग विरोध गर्न तर्फ लाग्नुपर्ने अध्यक्ष कामीको भनाई रहेको छ ।
दलितले दलित माथीको विभेद कायमै रहेकोले निकै समस्या भएको दलित अधिकारकर्मीहरुको भनाई छ । पटक पटक छुवाछुत अन्त्यका लागि गरिएका कार्यक्रमहरु प्रभावकारी नहुँदा गरिवी,अशिक्षा र वेरोजगारीको समस्याले यस्ता खालका कुसंस्कार कायम रहेको राष्ट्रिय दलित नेटवर्क बारेकोटका अध्यक्ष कर्ण बहादुर नेपालीले बताए ।
उनले भने, ‘यहाँका दलित समुदाय भित्रको गरिवी र अशिक्षाले निकै समस्या पारेको छ ।’ यसले दलित भित्रको विभेद कायम रहेको छ । पहिले आफु भित्रको विभेद अन्त्य गर्न सके सभ्य समाजको परिकल्पना गर्न सकिने उनको भनाई रहेको छ । बारेकोट मात्र होइन यहाँका अन्य स्थानीय तहमा पनि दलित भित्रको विभेद अहिले पनि ज्यू का त्यू रहेको छ ।
















































। ५ मंसिर २०७८, आईतवार