कर्णालीमा शाहीले लिए मन्त्रीको शपथ, फेरियो मन्त्रालय


सुर्खेत । कर्णालीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएको भनिएपनि अन्तिम समयमा आएर एकीकृत समाजवादी दलका नेता चन्द्रबहादुर शाहीले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका छन् ।

उनलाई मंगलबार साँझ प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीको सचिवालयले शाहीलाई कानुन मन्त्रीमै नियुक्त गरिएको दाबी गरेको थियो । तर, नवनियुक्त मन्त्री शाहीले आफूलाई कृषि मन्त्री ‘कम्फर्टेबल’ लागेको भन्दै ‘बार्गेनिङ’ गरेपछि अन्तिममा आएर उनले सोही मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

यही कुराले गर्दा तोकिएको समयमा पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम समेत समयमा हुन सकेन । मुख्यमन्त्री जीवनबहादुर शाहीले मुख्यमन्त्री बनेको झण्डै दुई सातापछि एक मन्त्री नियुक्त गरेका हुन् ।

तपाईको प्रतिक्रिया