बारेकोटका चार वडामा माओवादी केन्द्रको अधिवेशन

सायद 1 व्यक्ति, उभिएको तथा  घरबाहिर को तस्बिर हुनसक्छ
खलंगा । जिल्लाको बारेकाट गाउँपालिकामा नेकपा माओवादी केन्द्रले चार वडामा अधिवेशन सम्पन्न गरेको छ । पार्टीको केन्द्रीय सर्कुलर अनुसार वडा नं २,३,४ र ५ मा वडा अधिवेशन सम्पन्न भएको हो ।

वडा नं २ को पार्टी अध्यक्षमा शान्तबहादुर बुढा, उपाध्यक्षमा कविराज बुढा, सचिवमा भिमबहादुर नेपाली, सह–सचिवमा शेरबहादुर नेपाली लगाएत २९ सदस्सीय समिती निर्माण भएको छ ।

वडा नं ३ मा शुरबहादुर सिंहको नेतृत्वमा २९ सदस्सीय समिति निर्माण भएको छ । अधिवेशनमा बारेकोटका पार्टीका ईन्चार्ज तिलक रावत(शुसील) पार्टीका अध्यक्ष हरी बहादुर थापा( शिखर) सहितको उपस्थितिमा सम्पन्न भएको हो ।

वडा नं. ५ मा वासुदेव सिंहको अध्यक्षता २९ सदस्सीय वडा कमिटी गठन भएको छ ।

यस्तै वडा नं ४ को अध्यक्षमा गोपाल चलाउने, उपाध्यक्षमा गोपाल बहादुर रावत, कोषाध्यक्ष धनक्वारा नेपाली, सचिवमा, राजकुमार नेपाली , स–सचिवमा कर्णबहादुर महतारा लगायत २९ सदस्यीय वडा समिति निर्वाचित भएको पार्टीका इन्चार्ज तिलक रावल (शुसिल ) जानकारी दिए ।

तपाईको प्रतिक्रिया