
खलंगा । डिभिजन वन कार्यालय, जाजरकोटले ५७ लाख भन्दा बढि राजश्व संकलन गरेको छ । जडिवुटी, खोटो र काठबाट डिभिजन वन कार्यालय जाजरकोटले ५७ लाख भन्दा बढी राजश्व संकलन गरेको हो ।
राजश्व संकलनका क्षेत्र जडिवुटी, खोटो र काठ रहेको डिभिजन वन कार्यालय जाजरकोटले जनाएको छ । आर्थिक बर्ष २०७७÷०७८ मा कार्यालयले ५७ लाख ८९ हजार ५०९ राजश्व संकलन गरेको गरेको छ । बार्षिक प्रगति समिक्षा गर्दै कार्यालयले आ.व. २०७७÷०७८ मा राजश्व ५७ लाख ८९ हजार ५०९ संकलन गरेको बताएको छ ।
कार्यालयले १ करोड ६९ लाख ४ सय ८४ बेरुजु रहेको जनाएको छ । आब २०७७÷०७८ को बेरुजु ५२ लाख ४० हजार ८३६ रहेको कार्यालयले बताएको छ । आब २०७५÷०७६ सम्म १ करोड १६ लाख ५९ हजार ६४८ बेरुजु रहेको कार्यालयमा आब २०७७÷०७८ मा १ करोड ६९ लाख ४८४ पुगेको हो ।
प्रदेश सरकारको चालु र पुँजीगत, संघीय सरकारको शसर्त चालु अनुदान, शसर्त पुँजीगत अनुदान र मुख्यमन्त्री रोजगार कार्यक्रम गरी स्वीकृत ७ करोड १६ लाख बार्षिक बजेटबाट ६ करोड २३ लाख खर्च गरी ८६ दशमलब ९९ प्रतिशत बित्तिय प्रगति हासिल गरेको कार्यालयले जनाएको छ ।
९१ दशमलब ४३ प्रतिशत भौतिक प्रगति हासिल गरेको कार्यालयले आब २०७७÷०७८ मा २ वटा पर्यटन पूर्वाधार, १ दशमलब २ किलोमिटर पर्यटन मार्ग निर्माण गरेको छ । २१ हजार ९७४ घनफिट काठ र २ लाख बिरुवा उत्पादन गरेको छ । २ हेक्टर जमिनलाई अतिक्रमण हुनबाट नियन्त्रण गरेको कार्यालयले २० वटा वन नविकरण गर्नुको साथै ३ वटा वनलाई समुदायमा हस्तान्तरण गरेको छ । १७ दशमलब ७ हेक्टर जमिनमा बृक्षारोपन गरेको कार्यालयबाट ४ हजार ५०० घरधुरी लाभाम्बित भएका छन् भने, १७ हजार २६५ दिन रोजगारी सिर्जना गरिएको कार्यालयले जनाएको छ ।
















































। २९ कार्तिक २०७८, सोमबार