बारेकोटका कार्कीज्यूला र सुगुरखाला मेला : पुरुष भलिबल प्रथम पुरुस्कार ९०–९० हजार

Open photo
भुपेन्द्र नेपाली
बारेकोट । जिल्लाको बारेकोट गाउँपालिकामा लाग्ने ऐतिहाँसिक सुगरखाल मेला र कार्कीज्युला मेला यस बर्ष सञ्चालन हुने भएको छन् । प्रत्येक बर्ष मार्ग कृष्ण द्धितीयाकोे अवसरमा लाग्ने सुगुरखाला मेला र मंसिर १ गतेको अवसरमा लाग्ने कार्कीज्युला मेला विगतमा कोरोना महामारीका कारण स्थगित हुने गरेका थिए ।
यस बर्ष स्वास्थ्यका मापदण्डको पालना गर्दै दुवै मेला सञ्चालन गरिने मेलाका आयोजक समितिहरुले हाम्रो पहुँच डटकमलाई जानकारी दिएको छन् । कार्कीज्यूला मेलामा खुल्ला पुरुष भलिवल, महिला भलिवल, व्याटमेन्टन, लोकदोहरी प्रतियोगिताको आयोजना गरिनेछ ।

पुरुष तर्फको खुल्ला भलिवलमा दर्ता शुल्क ९ हजार रहेको छ भने प्रथम पुरुस्कार ९० हजार, दृतिय ५० हजार र तृतिय पुरुस्कार ३० हजार रहेको छ । महिला तर्फको खुल्ला भलिवल दर्ता शुल्क १ हजार १ सय, प्रथम पुरुस्कार १२ हजार, दृतिय पुरुस्कार ८ हजार र तृतिय पुरुस्कार ५ हजार रहेको छ । व्याटमिन्टन तर्फ दर्ता शुल्क १५ सय रहेको छ ।

प्रथम पुरुस्कार १२ हजार, दृतिय पुरुस्कार ८ हजार र तृतिय पुरुस्कार ५ हजार रहेको छ । यस्तै, लोकदोहरी तर्फ दर्ता शुल्क ५ सय प्रथम पुरुस्कार ५ हजार, दृतिय पुरुस्कार ३ हजार र तृतिय पुरुस्कार २ हजार रहेको मेला आयोजना समितिले जनाएको छ ।

यस्तै, बारेकोटका स्थानीय लोक झाँक्रीहरु मेलाका मुख्य आकर्षणका रुपमा रहेका छन् । सुगुरखाला मेलामा खुल्ला पुरुष भलिवल, महिला भलिवल, व्याटमेन्टन, लोकदोहरी प्रतियोगिताको आयोजना गरिनेछ ।
पुरुष खुल्ला भलिवल तर्फको दर्ता शुल्क ९ हजार रहेको छ भने प्रथम पुरुस्कार ९० हजार, दृतिय ४५ हजार र तृतिय पुरुस्कार २३ हजार रहेको छ ।

महिला तर्फको खुल्ला भलिवल दर्ता शुल्क १ हजार, प्रथम पुरुस्कार १० हजार, दृतिय पुरुस्कार ५ हजार र तृतिय पुरुस्कार ३ हजार रहेको छ । व्याटमिन्टन तर्फ दर्ता शुल्क १ हजार ५ सय रहेको छ । प्रथम पुरुस्कार ८ हजार, दृतिय पुरुस्कार ४ हजार र रहेको छ । यस्तै, लोकदोहरी तर्फ दर्ता शुल्क ५ सय प्रथम पुरुस्कार ३ हजार, दृतिय पुरुस्कार १५ हजार र तृतिय पुरुस्कार १ हजार रहेको मेला आयोजना समितिले जनाएको छ । बारेकोट गाउँपालिकामा उत्पादन हुने कृषि उत्पादन, फलफुल लगायत अन्य उत्पादनको स्टल समेत लाग्ने छ ।

तपाईको प्रतिक्रिया