एमाले महाधिवेशनका लागि जाजरकोट बाट नौ प्रतिनिधि चुनिए

खलंगा । मंसिर १० देखि १२ गते सम्म चितवनमा हुँने नेकपा (एमाले) को १० औँ महाधिवेशनका लागि एमाले जाजरकोटले प्रतिनिधिको नाम टुंगो लगाएको छ ।

एमाले जाजरकोटका नेता गोपाल नेपालीले दिएको जानकारी अनुसार महाधिवेशन प्रतिनिधि चयन हुनेहरुमा करवीर शाही, लालबहादुर महतारा, डम्बरबहादुर सिंह, कौशिला खत्री, चन्द्रप्रकाश घर्ती ( सिपी), वेदबहादुर शाही, प्रेमप्रसाद घर्ती, हरिकला जैसी छनौट भएका छन् ।
त्यस्तै, दलित तर्फबाट नबेन्द्र नेपाली चयन भएको नेकपा(एमाले) जाजरकोटले जनाएको छ ।

No photo description available.

तपाईको प्रतिक्रिया