सुर्खेत । नेकपा (एकीकृत समाजवादी)को कर्णाली प्रदेश संसदीय दलको नेतामा चन्द्रबहादुर शाही चयन भएका छन् ।
मंगलबार बसेको संसदीय दलको बैठकले शाहीलाई दलको नेतामा चयन गरेको हो । उनी मुगु प्रदेशसभा (क) बाट निर्वाचित सांसद हुन् ।
कर्णाली प्रदेशसभामा समाजवादीका तीन सांसद छन् । समाजवादीले प्रदेश सरकारमा तीनवटा मन्त्रालय दाबी गरेको छ । योसँगै अब शाहीले नेतृत्वमा समाजवादी कर्णाली प्रदेश सरकारमा सहभागी हुने पक्कापक्की भएको छ । एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य शाही कर्णाली प्रदेश सहइन्चार्ज समेत रहेका छन् ।
















































। १७ कार्तिक २०७८, बुधबार