
काठमाडौं : अमेरिकामा पाँचदेखि ११ वर्षका बालकालिकालाई पनि फाइजर र बायोनटेकको खोप लगाउन स्वीकृति प्रदान गरिएको छ ।
जोखिम र लाभ दुवैलाई ध्यान दिएर नै यो उमेर समूहका बालकालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउन स्वीकृति प्रदान गरिएको अधिकारीहरुले बताएका छन् ।
यो निर्णयबाट २ करोड ८० लाख बालबालिका लाभान्वित हुने अनुमान गरिएको छ। अमेरिकामा यसअघि नै १२ वर्ष भन्दा माथिका बालबालिकालाई भने कोरोनाविरुद्धको खोप दिइसकेको छ ।
१६ देखि २५ वर्षका युवाहरुमा लगाइएको खोप ९१ प्रतिशत प्रभावकारी पाइएको छ। विज्ञहरुले सामान्य अवस्थामा फर्कन पनि युवा उमेर समूहका व्यक्तिलाई खोप दिन आवश्यक रहेको बताएका छन् ।
अमेरिकामा १८ लाख बालबालिकामा कोराना संक्रमण देखिएको छ भने दुई सय भन्दा कमको मृत्यु भएको छ ।
















































। १७ कार्तिक २०७८, बुधबार