संगठन निर्माणमा नेकपा(एस) जाजरकोटको तीन महिने अभियान, विभागको जिम्मेवारी बाँडफाँड !

May be an image of 2 people
खलंगा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जाजरकोटले संगठन निर्माण गर्न तीन महिने अभियान संचालन गर्ने निर्णय गरेको छ । जिल्ला संगठन कमिटीका अध्यक्ष कृष्ण बिसीको अध्यक्षतामा आईतबार पार्टी कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला सदरमुकाम खलंगामा रहेको पार्टी कार्यालयमा बसेको बैठकले जिल्लामा संगठन निर्माणको लागि तीन महिने अभियान संचालन गर्ने निर्णय गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा जिल्ला संगठन कमिटीका उप–सचिब मान बहादुर वुढाले जानकारी दिए ।

विभाग प्रमुख वुढाले दिएको जानकारी अनुसार आगामी पुस मसान्तसम्म ३ हजार पार्टीका संगठित सदस्य अध्यावधिक गर्ने बैठकले निर्णय लिएको छ । बैठकले आगामी पुस मसान्त सम्म सबै जवस तथा पेशागत संगठनका जिल्ला स्तरका र ५१ प्रतिशत वडा स्तरका कमिटीहरु गठन गरिसक्ने निर्णय लिएको छ ।

आगामी मंसिरको दोस्रो हप्तासम्ममा छेडागाड र भेरी नगरपालिकाका बाहेकका अन्य पालिकाहरुमा पार्टी कमिटी निर्माण गरी सक्ने निर्णय लिएको छ । त्यसैगरी नेकपा (एस) जाजरकोटले जिल्लामा एक र दुई निर्वाचन क्षेत्रमा पार्टी प्रशिक्षण तथा स्कुलिङ्ग संचालन गर्ने निर्णय लिएको छ ।

जिल्ला संगठन कमिटीका उप–सचिब तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख बुढाद्धारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्तीमा वुढा आफैले केही दिन अगाडी सामाजिक संजाल (फेसवुक) मा पार्टी परित्याग गरेको भनेर लेखेको बिषयमा पार्टी जिल्ला संगठन कमिटी बैठकमा उपस्थित भएर लिखित–मौखिक रुपमा आत्मा आलोचित भएर पुनः पार्टी संगठनको जिम्मेवारीमा फर्केको उल्लेख गरेका छन् । उप्रान्त आगामी दिनमा त्यस खालको गतिविधि नगर्ने विभाग प्रमुख बुढाले प्रतिवद्धता व्यक्त गरेका छन् ।

पार्टी केन्द्रिय सदस्य तथा जिल्ला सह–ईन्चार्ज रिता रावल, केन्द्रिय सल्लाहाकार परिषद सदस्य अमर हमालको विशेष उपस्थिति रहेको बैठकले ९ वटा विभाग, २ वटा परिषद र एक जेष्ठ कम्युनिष्ट संगठनको गठन गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख बुढाद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विभाग बाँडफाँड जिम्मेवारी
प्रेस बिज्ञप्तीमा उल्लेख गरिए अनुसार पार्टी स्कुल विभाग प्रमुखमा कृष्ण विसी, भौतिकपूर्वाधार तथा यातायात विभाग प्रमुखमा कमान बहादुर खड्का, संगठन विभाग प्रमुखमा गंग बहादुर शाहीलाई जिम्मेवारी दिइएको छ । संगठन विभाग प्रमुखमा शाही रहेका छन भने, उप–प्रमुखमा डम्बर बहादुर सिंह, सचिबमा शिव प्रसाद शर्मा, सदस्यमा दिप बहादुर थापा र गणेश प्रसाद जैसी रहेका छन् ।

त्यसैगरी प्रचार तथा प्रकाशन विभाग प्रमुखमा मान बहादुर वुढा, अर्थ तथा योजना विभाग प्रमुखमा शिव प्रसाद शर्मा, कृषि तथा भुमी सुधार विभाग प्रमुखमा दिप बहादुर थापा, स्थानीय तह विभाग प्रमुखमा बालकृष्ण बुढा, निर्वाचन विभाग प्रमुखमा देपेन्द्र प्रसाद शर्मा, उद्योग तथा बाणिज्य विभाग प्रमुखमा निरज आचार्यलाई बैठकले जिम्मेवारी दिएको छ ।

त्यसैगरी बैठकले कमल बस्नेत अध्यक्ष, धर्मराज थापा उपाध्यक्ष र लमबहादुर खड्कालाई सचिबको जिम्मेवारी दिदै सल्लाहाकार परिषद गठन गरेको छ । बैठकले प्रदिप जंग शाहलाई अध्यक्ष र पवन थापालाई सचिबको जिम्मेवारी दिएर बुद्धिजीवि परिषद गठन गरेको छ । रणवीर चन्दलाई अध्यक्ष र डण्डे वादीलाई सचिबको जिम्मेवारी दिदै बैठकले जेष्ठ कम्युनिष्ट संगठन गठन गरेको छ ।

 

 

 

तपाईको प्रतिक्रिया