
खलंगा । नेपाल कम्यूनिष्ट पार्टी (एमाले)को भेरी नगरपालिका अन्तर्गत वडा नं १२ को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । पार्टीको केन्द्रिय सर्कुलर अनुसार वडा नं १२ को वडा अधिवेशन सम्पन्न भएको हो । अधिवेशन बाट अध्यक्षमा बालबहादुर तिरुवा, सचिवमा विवश भारती सहित ३१ सदस्सीय वडा कमिटी गठन गरिएको छ ।
सचिव बनेका विवश भारतिको राजनीतिक यात्रा
२०६९ सालमा अनेरास्ववियूमा प्रवेश गरेका विद्यार्थी नेता भारती पछिल्लो समय यूवा पिढीका आशा र भरोसाका केन्द्रविन्दु बनेका छन् । २०६९ सालमै अनेरास्ववियू सिटीईभिटी एसियन ईन्जिनियर क्याम्पस कमिटीको अध्यक्ष हुदै विभिन्न विद्यार्थी आन्दोलनमा आवद्ध हुदै आएका थिए ।
२०७४ सालमा अनेरास्ववियू जाजरकोटको कार्यालय सदस्य तथा भेरी नगरपालिका संयोजक बनेका भारती अहिले एमालेको वडा नं १२ कमिटीको सचिव बनेका छन् ।
मिलनसार, सहयोगी भावनाका भारती भेरी नगरपालिकामा जाजरकोटको एमालेका यूवा नेताको रुपमा समेत परिचित छन् । उनले भने, ‘पार्टीको सफलताको लागि आफ्नो ज्यू ज्यान हालेर पनि काम गर्न तयार छु, नगरपालिकामा एमाले १ नम्बर बनाउनुपर्छ ।’
















































। ११ कार्तिक २०७८, बिहीबार