डोल्पामा जिप दुर्घटना हुदाँ ९ जना घाइते

खलंगा । डोल्पामा जिप दुर्घटना हुदा नौ जना घाइते भएका छन् । दुनै बजार बाट त्रिरपुरा सुन्दरी नगपालिका १ सुपाने तर्फ जादै गरेको भे १ ज ९७५ नम्बरको जिप दुर्घटना भएको हो । जिपको स्टेरिङ फेल भई एक्कासी रोड बाट अन्दाजी १५ मिटर तल खसेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाइतेहरुको उपचारका लागि जिल्ला अस्पताल डोल्पामा पु¥याईएको छ ।

प्रहरीका अनुसार घाईते हुनेमा जिल्ला मकवानपुर हेटौडा नगरपालिका ९ बस्ने बर्ष ३८ को बिष्णु श्रेष्ठ,ऐ बस्ने बर्ष ३८ को असोक सारुमगर,ऐ ११ बस्ने बर्ष २२ को बुद्धबिर लामा,ऐ ४ बस्ने बर्ष ३९ को सुरेश श्रेष्ठ, ऐ ४ बस्ने बर्ष ३८ को रमेश गौतम,ऐ १० बस्ने बर्ष ३६ को शुसिल राज गिरी,ऐ ९ बस्ने बर्ष ३१ को जिवन शर्मा,ऐ ७ बस्ने बर्ष ३८ को किरण अधिकारी र जिल्ला डोल्पा ठुलीभेरी नगरपालिका ९ बस्ने बर्ष २० को चालक जुनकोष शाही मध्य ३ जनाको अवस्था गम्भिर र अन्य ६ जनाको सामान्य अवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया