कुशे गाउँपालिकामा स्ट्रेचरको अभाव


खलंगा । जिल्लाको कुशे गाउँपालिकाका सबै वडामा स्ट्रेचरकै अभाव भएको छ । चालीस स्ट्रेचर अभाव रहेको जनाइएको छ । सो पालिकामा प्रसूति गराउने पाँच शैयाको माग भए पनि अझै तीन अपुग रहेको छ ।

सामान्य खालको शैयासमेत अभाव रहेको समीक्षामा बताइएको छ । प्रसूतिगृहमा चाहिने टर्च लाइट शून्य छ । सुरक्षित गर्भपतन सेवा गाउँपालिकामा नहुँदा समस्या हुँदै आएको छ । दर्ताबिना १३ मेडिकल सञ्चालनमा रहेकोसमेत पाइएको छ । पूर्ण संस्थागत प्रसूति भएको वडाका शैया समेत शून्य छ ।

नाम मात्रैका भाडामा सञ्चालनमा रहेका पाँच बर्थिङ सेन्टर रहेको स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाको सबै स्वास्थ्य संस्था भाडामा सञ्चालनमा रहेको पाइएको छ । तीन रोपनी जग्गा मात्र स्वास्थ्य संस्थाको नाममो छ ।

मापदण्डअनुसार निर्माण भएका प्रसूति केन्द्रको सङ्ख्या शून्य छ । त्यस्तै नलगाड नगरपालिकामा वर्ष दिनदेखि एक्सरे नहुँदा समस्या हुँदै आएको छ । त्यस्तै गर्भनिरोधक सुई डिपोको गत चैतदेखि नै अभाव रहेको पाइएको छ । सबै स्वास्थ्य संस्थामा औषधिको अभाव सधैँ रहने गरेको बताइएको छ । #रासस#

तपाईको प्रतिक्रिया