छेडागाडमा अवैध तीन सय लिटर घरेलु मदिरा नष्ट


खलंगा । नेपालीहरुका महान् चाडपर्व नजिकिदै गर्दा इलाका प्रहरी बडावन सक्रिय भएको छ । शुक्रवार प्रहरीले करिब ३ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको इलाका प्रहरी कार्यालयका प्रमुख देवबहादुर गुरुङले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय वडावनले छेडागाड नगरपालिका वडा न. ५ र १२ बाट सङ्कलन गरेको ३ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको हो । छेडागाड नगरपालिका–१२ मनघाटका मदिरा पसल र अवैध रूपमा ओसारपसार गर्नेबाट नियन्त्रणमा लिई अवैध मदिरा नष्ट गरिएको इलाका प्रहरी कार्यालय वडाबनले जनाएको छ ।

चाडपर्व नजिकै गर्दा समुदायमा विकृति बढ्ने र झैझगडा हुने भएपछि व्यापक रुपमा अवैध मदिरा ओसारपसार भइरहेका सूचनाका आधारमा इलाका प्रहरी कार्यालयको टोलीले छापा मारी मदिरा बरामद गरेको थियो ।

बरामद गरिएको मदिरा नगरपालिकाका नि प्रमुख प्रशासकीय अधिकृत, नागरिक समाज र स्थानीयको रोहवरमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय वडावनले जनाएको छ ।

तपाईको प्रतिक्रिया