कर्णालीका खेलाडीलाई तीर्थले दिए खेलकुद सामग्री


खलंगा । कर्णाली प्रदेशका खेलाडीहरुलाई यूवा समाजसेवी तीर्थ सुनारले खेलकुद सागग्री वितरण गरेका छन् । राष्ट्रिय केन्पो प्रतियोगितामा तृतिय स्थान प्राप्त गरेका कर्णालीका खेलाडीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरेका हुन् । उनले भने, ‘खेलाडी भनेका राष्ट्रका गहना हुन् । उनीहरुलाई हामी सबैले हौसला, प्रेरणा दिनुपर्छ, उनीहरुलाई सम्मान पनि गनुपर्छ ।’ कर्णाली प्रदेशले राम्रा खेलाडी उत्पादन गर्नु कर्णालीको सम्पती हुने समेत सुनारले बताए ।

सुनारले १० हजार बराबरको खेलकुद सामग्री हस्तान्तरण गरेको बताए । राष्ट्रिय स्तरमा कर्णालीको नाम उच्च राखेको खुशीयालीमा सुनारले पन्चिन बेक दिएका छन् । सुर्खेतमा व्यवसाय गर्दै आएका सुनार पछिल्लो समय समाजसेवीमा निकै सक्रिय मानिन्छन् ।

विगत लामो समय देखिको मेहनत पछि कर्णाली प्रदेशले केन्पो खुकुरी मार्सल आर्ट कर्णाली प्रदेश ले राष्ट्रिय केन्पो प्रतियोगितामामा तृतिय स्थान प्राप्त गरेको छ । साथै खेलाडीले व्यक्तिगत रुपमा ४ वटा र ८ वटा सिल्भर मेडल प्राप्त गरेको अवसरमा कर्णालीमा खुशीयाली छाएको छ ।

तपाईको प्रतिक्रिया