जुनीचाँदेका बेपत्ता २३ जना सकुशल घर फर्किए

May be an image of nature and mountain
जाजरकोट । जाजरकोटको चाँदे हिमालमा देउता नुहाउन जाने क्रममा जुनीचाँदे गाउँपालिकाका १ का बेपत्ता सम्पर्कमा आएका छन् ।
जाजरकोट प्रहरी नायब उपरिक्षक मधुकुमार थापाका अनुसार देउता नुहाउन चाँदे हिमाल जाने क्रममा बेपत्ता भएका भनिएका २३ जना गाउँले भर्खरै सम्पर्क आएका हुन् ।

उनीहरु अहिले जुनीचाँदे गाउँपालिकाको दहमा आएको र उद्धारको लागि प्रहरी त्यसतर्फ गएको उपरिक्षक थापाले बताए । मृत्यु भएकाको शव समेत साथमा लिएर आएका छन् ।

गत भदौ ३० गते गाउँबाट देउता नुहाउनको लागि चौरीपाटनको नदाई डाव हिडेका हुन् । चाँदे हिमालको चौरीपाटनमा रहेको नदाई डावमा नारायण देउता नुहाउन जाने क्रममा लगातारको बर्षातसँगै आएको हावाहुरीमा परी उनीहरु सम्पर्क विहिन भएको थिए ।

नुहाउन हिंडेका २५ जना मध्ये शुक्रबार अर्थात आज बिहान जनीचाँदे १ का ५८ बर्षका ऐवान रावत मृत अवस्थामा फेला परेका थिए । चाँदे हिमाल झण्डै ५ हजार मिटर उचाईमा रहेको अनुमान गरिएको छ ।

याे पनि पढ्नुहाेस् :

देउता नुहाउन  गएका जुनीचादेका २५ जना बेपत्ता,एक जनाको मृत्यु

तपाईको प्रतिक्रिया