एमसीसीको विरोधमा नलगाडमा नेकपाको प्रर्दशन

No description available.
शुनिल सिंह
दल्ली । नेपाल कम्युनिष्ट पार्टी ( विप्लव) ले एमसीसीको विरोधमा नलगाड नगरपालिकाका प्रर्दशन गरेको छ । पार्टीको केन्द्रिय कार्यक्रम अनुसार नगरपालिकाको दल्लीमा बुधबार विरोध प्रर्दशन तथा कोण सभा कार्यक्रम सम्पन्न गरेको हो ।

प्रमुख अतिथि प्रशान्तले, ‘एमसीसी सम्झौता देशको हितमा नभई सरकारमा रहेका एकाध मान्छेको देश बेच्ने रणनीति हो, कि अमेरिकी साम्राज्यवादी मुलुकलाई देशमा भित्र्याएर देशलाई युद्धको रणभुमीमा बनाउन खोजिदै छ ।’

यस्तो सम्झौता हुन नदिन आम नेपाली जनता एकजुट भएर दलाल देश बाट दलाल हरुलाई लखेट्नु पर्ने बताए । यस्तै नेकपाका नेता विशालले, ‘यो सम्झौता लागू हुन दिनु नै बिदेशीलाई आफ्नो आमाको अस्मिता बेच्नु सरह हो । राष्ट्रियताको माया अबको हरेक युबा बिद्यार्थी लगायत सम्पुर्ण नेपालीले गर्नुपर्छ ।’

राष्ट्रियताको माया नगर्ने देश बिदेशीको सामु बेच्दा नबोल्ने मान्छेलाई यो राष्ट्रमा बस्ने अधिकार छैन, दलाल सरकारले जबरजस्ती सम्झौता पारित गर्न खोजे बरु देश रक्ताम्य हुने छ हाम्रो टाउको काटिएर बरु जमिन मुनि गाडिए पनि आवाजलाई बन्द नगर्ने नरोकिने बताए ।

कार्यक्रममा जाजरकोट जिल्ला संगठन समिति सदस्य तथा नगर सह –ईन्चार्ज प्रदिप वलि (प्रशान्त) सहित जनपत्रकार संगठनका अध्यक्ष बिरेन्द्र शाही, जन पत्रकार संगठनका जिल्ला सचिब तथा अखिल (क्रान्तिकारी ) जाजरकोटका बरिस्ठ सदस्य सुनिल सिंह (विशाल) र अखिल (क्रान्तिकारी ) का जिल्ला सचिब तिलक बिष्ट (सितल )को उपस्थिति रहेको थियो ।

No description available.

No description available.

तपाईको प्रतिक्रिया