पञ्जशिरमा ६ सय तालिवान मारिए : एनआरएफ


काठमाडौं । अफगानिस्तानको उत्तर पूर्वी प्रान्त पञ्जशिरमा झण्डै ६ सय तालिवान लडाकू मारिएको नेनसनल रेसिस्टेन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) ले दाबी गरेको छ ।

पञ्जशिरमा तालिवान लडाकू र फ्रन्टका सेनाबीच विगत तीन दिनदेखि जारी भीषण युद्ध भइरहेको छ । ‘पञ्जशिरका विभिन्न जिल्लामा गरी करिब ६ सय तालिवान अतिवादी मारिएका छन् ।

त्यस्तै, एक हजार भन्दा बढी लडाकूले आत्मसमर्पण गरेका छन्,’ रेसिस्टन्स फ्रन्टका प्रवत्ता फहिम दास्तीले ट्विट गरेका छन् । तालिवानलाई अन्य प्रान्तबाट सामान आपूर्ति गर्न कठिनाइ भएको समेत दास्तीले दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया