जाजरकाेटकाे विद्यार्थी आन्दोलनलाई नयाँ उर्जामा लिन पश्चिमले नेतृत्व पाउँनुपर्छ : सिंह

No description available.
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ( क्रान्तिकारी) जाजरकोटका जिल्ला कमिटी सचिवालय सदस्य एवं भेरी ज्ञानोदय क्याम्पस जाजरकोटका संयोजक छविराज सिंह संग हाम्रो पहुँच डटकमले गरेको संक्षिप्त कुराकानी प्रस्तुत छ ।

१. स्वागत छ ।
धन्यवाद ।

२. अनेरास्ववियू (क्रान्तिकारी) को २० औं जिल्ला सम्मेलनलाई कसरी हेर्नुभएको छ ?
हाम्रो विद्यार्थीको जिल्ला सम्मेलन अत्यन्तै सान्र्दभिक तरिकाले सम्पन्न हुन्छ । कोरोना भाईरसको महामारीले गर्दा विश्वका शक्तिशाली राष्ट्रहरु हारिसकेका छन् भने हामी नेपाली समाज भित्र त्यो भव्य तरिकाले नाराबाजी गरेर जिल्ला सम्मेलन गर्दैनौ । हामी छोटो मिठो तरिकाले हामी जिल्ला सम्मेलन गर्दैछौं ।

३. अव नयाँ बन्ने जिल्ला सम्मेलनमा तपाईको उम्मेदवारी के रहन्छ ?
अहिले नै भन्न सकिदैन् । सकभर हामी सहमतिको प्रयास गछौं । नयाँ मान्छे आउनेछ । जाजरकोटको जुझारु क्रान्तिकारी मान्छे आउने छ । जसले जिल्लाको सिंगो विद्यार्थीको भविष्यका बारेमा सोच्नेछ ।

शैक्षिक गतिविधीका बारेमा सोच्ने छ । नयाँ नेतृत्वले अखिल क्रान्तिकारीलाई शसक्त रुपमा बलियो बनाउने टीम हामी २० औं जिल्ला सम्मेलेन बाट छनौट गर्नेछौ । राम्रो नेतृत्वलाई अगाडि ल्याउनका लागि मेरो हदै सम्मको प्रयास रहनेछ । पार्टीका माथिल्ला स्तरका नेताहरु बाट हस्तक्षप हुदैन भन्ने आशा गर्दछु । जाजरकोट जिल्लामा भिज्ने र जाजरकोट जिल्लालाई नयाँ सीमाकंन गर्ने नेतृत्व आउने छ । आउँछ, ल्याउँनेछौ र आउँछौ ।

४. तपाई लामो समय देखि विद्यार्थी राजनीतिमा निकै सक्रिय हुनुहुन्छ, अव बन्ने नयाँ नेतृत्व कस्तो खालको बन्दैछ ?

अव आउने नेतृत्वले जिल्लाको शैक्षिक गतिविधीका माफियाहरुलाई खबरदारी गर्नेछ । सात वटै पालिकामा अहिले विभिन्न नाममा विद्यार्थी बाट शुल्क उठाईएको छ । यस्तो कार्यको विद्यार्थी संगठनले निगरानी गर्नेछ । विज्ञान प्रविधिमा पनि विद्यार्थीलाई जोड्न प्रयन्त गर्नेछ ।

हामी सबै क्याम्पस स्कुलहरुमा राजनीतिक कुरा मात्र होइन् सामाजिक चेतनाका कुरा, लागुऔषध दुव्र्यसन बाट टाढा रहनका लागि विद्यार्थीमा सचेतिकरण गर्नेछौं । जाजरकोट जिल्लामा सयौं बालबालिकाहरु अहिले पनि पढाई बाट बञ्चित छन् । बेरोजगारीले कयौं कालापहाड जानुपरेको छ ।

यस्ता खालका समस्या रहेका विद्यार्थीहरुका लागि विद्यार्थी संगठनले छात्रवृत्रिको व्यवस्था गर्न सरोकारवालाहरुलाई घचघच्याउने, क्याम्पस प्रशासनलाई डेलिकेशन बुझाउने, समाजमा कायम रहेको विभेदलाई अन्तय गर्न अव आउने नयाँ नेतृत्वले महत्वपुर्ण भुमिका खेल्नेछ ।

५. यदि तपाईहरुको टीमले नयाँ टीमलाई समर्थन गर्नुप¥यो भने कस्तो नेतृत्वलाई समर्थन गर्नुहुन्छ ?
हामीले जिल्लामा काम गर्ने खालको सात वटै स्थानीय तहका विद्यार्थीहरुको समस्याहरु बुझ्ने, अखिल क्रान्तिकारीलाई नयाँ शिखरमा पु¥यान सक्ने क्षमता भएका व्यक्तिलाई हामीले ल्याउने कोशिस गर्नेछौ ।

सुर्खेत, नेपालगञ्ज, काठमाडौं बस्ने, सेल्फि खिच्ने फिल्डमा नजाने काम नगर्ने र नेताकोपछि लागेर विद्यार्थी संगठनको नेतृत्व गर्छु भन्ने र जिल्लाको नेतृत्व धरापमा पार्ने काम नगर्ने व्यक्तिहरु जिल्ला सम्मेलन बाट नेतृत्वमा आउन सक्दैनन् । किनकी तिनीहरु काम गर्देनन् । फिल्डमा आउँदैनन् । फिल्डमा नआउने व्यक्ति नेतृत्वमा पनि आउन सक्दैन् ।

६. वर्तमान स्थितिमा शिक्षा प्रणाली सुधारका लागि यहाँहरुले कस्तो खालको भुमिका रहन्छ ?
वर्तमान स्थितिमा हामी मात्र नभई विश्व नै कोरोना बाट ग्रस्त छ । पहिलो कुरा विद्यार्थीहरुलाई खोप लगाउन, र खोपको व्यवस्था गर्न सरकार संग मा गर्दछौं । गरिहेका छौँ ।

अहिले पनि नेपालको वर्तमान राजनितीक अवस्थामा विभिन्न आन्दोलनको मोर्चाबन्दीमा अग्र स्थानमा भएर काम गरिहेको छ । विभिन्न विद्यार्थी संगठनहरुलाई सत्यको पक्षमा उभिन सधैंभरी सचेत र सजग गरेकै छ ।

गर्ने पनि छ ।राजनीतिक दलहरुलाई पाँच वटा कुरामा राजनीतिक कुरामा हस्तक्षप नगर्न म आग्रह पनि गर्दछु । यदि साच्चिकै देशको विकास गर्ने हो भने
१. शिक्षा
२. स्वास्थ्य
३. न्यायालय
४. सुरक्षा
५. कर्मचारी तन्त्र
यी पाँच कुरामा राजनीतिक दवाव भएन भने सत्य मान्छे उम्किन पाउँछ । गलत मान्छेहरु कारबाही भोग्छन् । यि पाँच कुरामा राजनीतिक हस्तक्षप भएन भने नेपाली सबै दाजुभाई दिदीबहिनीहरुले राज्य छ भन्ने खालको अनुभुति पाउँछन् । किनकी समाजमा समानता हुनेछ । एक अर्काेलाई दवाव गर्न पाउँने छैन् । सबै वर्गका मानिसहरुले पाँच कुरालाई समान रुपमा लिने छन् । यि पाँच कुरामा राजनीतिक दवाव भएन भने देशले नयाँ निकाश पाउँछ ।

७. माओवादी केन्द्रमा गुटगत राजनीतक मौलाएको आम नागरिकको गुनासो छ , के गुटगत राजनीति सुरु भएकै हो ? तपाई विद्यार्थी नेताको हैसियतले के भन्नुहुन्छ ?
नेकपा माओवादी केन्द्र जसले नेपाललाई नयाँ उचाईमा पु¥याएको छ । पार्टी भित्र गुट छ भन्ने ‘दिउँसै आकाशमा तारा देखे जस्तो हो ।’ किनकी माओवादी केन्द्रमा गुट नै छैन् ।

जसले १० बर्षे जनयुद्ध बाट भएको उपलब्धीको लाभ सबैले लिएकै छन् । माओवादीको एजेण्डामा देश हिड्ेको छ । जो कमजोर वर्ग त्यसले पनि नेतृत्वमा पुग्न पाएको छ । त्यो माओवादीको एजेण्डा थियो ।

महिलाहरुमा ३३ प्रतिशत अधिकार, गाउँघरमा सिंहदरबारको कुरा, समानता, समावेशी, लैगिंक समानता यि सबै कुरा जसले ल्यायो । उ जावो गुटगत राजनीतिक गर्छ । यो त विपक्षीहरुले चिया पसलमा गरेका कुरा न हो ।

माओवादी एउटा नयाँ सपनाका साथ समाजवादको बाटो हिड्रिहेको छ । जसलाई गुटको परिभाषा नै थाहा छैन् । गुटगत राजनीति गर्ने पञ्च्यायत देखि अहिले सम्म ति नै एमाले , काँग्रृेस हुन् । जो भाग विलोका लागि आ –आफुहरु लडिरहेका छन् ।

८. अरु पार्टी विद्यार्थी संगठन भन्दा माओवादीको विद्यार्थी संगठनहरु निकै कमजोर छ भन्ने आम विद्यार्थीहरुको गुनासो छ, साँच्चिकै कमजोर बनेकै हो त ?

यो चाहिं शत् प्रतिशत गलत कुरा हो । किनकी नेपालका ठुलाठुला आन्दोलनका कुरा होस् । राजा ज्ञानेन्द्रलाई सिंहदरबार बाट नारायणहिटी पठाउने, केपीको प्रगिगमनलाई ध्वस्त पार्ने, विभिन्न गलत क्रियाकलापलाई खबरदारी गर्ने, चाहे २०६२÷०६३ आन्दोलनको कुरा होस्, यस्ता कार्यमा अग्र मोर्चामा रहेर काम ग¥यौं र जनताको संविधान बचाउन सफल भयौं । र यस्तो विद्यार्थी संगठन कसरी कमजोर बन्न सक्छ ।

यो प्रश्न ‘कागलाई वेल पाक्यो , हर्ष र विस्मात जस्तै हो ।’ जुन चर्चा दक्षिणीको भारत र उत्तरको चीनमा समेत अखिल क्रान्तिकारीको चर्चा थियो । दुई चार जनाले कमजोर भयो भनेर यो हावाको तारिफ गरिरहेका छन् यो विद्यार्थी संगठन र आन्दोलनलाई कमजोर बनाउने तत्वहरु हुन् । अखिल क्रान्तिकारी कहिले पनि कमजोर हुदैन् । जसले सबै विद्यार्थी संगठनलाई जोडेर नेतृत्व गरिरहेको छ ।

९.भौगोलिक रुपमा पश्चिमले जिल्ला संयोजक पाउनुपर्छ भन्नुहुन्छ भन्ने हामीले सुनेको यो साँचो हो ?
एकदम हो । अहिले २० औं जिल्ला सम्मेलन हुदैछ । २० वटा जिल्ला सम्मेलन भईरहँदा खेरी विद्यार्थीको नेतृत्व सम्हाल्ने व्यक्तिहरु के सबै पूर्वमा मात्र जन्मिएका छन् ? पूर्वले मात्रै नेतृत्व गर्नुपर्छ ।

पश्चिमले ताली पड्काउने, मात्रै हो ? यदि यसो हो भने आजका दिन बाट हुदैन् । पश्चिमले पनि ठुलो विरासद बोकेको छ । जसको नेतृत्वमा हामी छौं । पश्चिमले जिल्ला संयोजक नपाउने भन्ने कुरा छैन् ।

अवश्य पाउँछ । त्यो ल्याकत हामी संग छ । जिल्लाका सबै विद्यार्थी नेताहरुले हामीलाई स्वीकार गर्छन् र स्वीकार गर्नु पनि पर्दछ । यदि यो जिल्लालाई नयाँ उर्जामा रुपान्तरण गर्ने हो भने पक्कै पनि हामी जस्ता व्यक्तिहरु त्यो नेतृत्वमा पुग्नुपर्छ भन्ने अपेक्षा हो ।

१०. अन्त्यमा के भन्नुहुन्छ ?
हाम्रो पार्टीलाई सफल बनाउन, हाम्रा विभिन्न जनवर्गिय संगठनहरु, विद्यार्थी, यूवा, पार्टीका नेताहरु अव जाजरकोटमा नयाँ सोचका साथ लाग्नुपर्ने देखिन्छ । आम नेता कार्यकर्तालाई अव जिल्लामा बस्न र जिल्लामामुखि बन्न सबैमा विनम्र आग्रह गर्न चाहान्छु ।

प्रत्येक गाउँ, विकट वस्ती, भेगहरुमा नेता गणहरु, पार्टीका कार्यकर्ताहरु जनतासंग प्रत्यक्ष जोडिनुपर्छ । जनताको सारथी बन्नुपर्छ । यति भयो भने जिल्लालाई माओवादीमय बनाउन सकिन्छ । मेरो विचार राख्ने मौका दिनुभएकोमा यहाँहरुको अनलाईन पत्रिका हाम्रो पहुँच डटकमलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

तपाईको प्रतिक्रिया